माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान

पोखरा ।
माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा स्थापित माधव वियोगी साहित्य पुरस्कार–२०८२ नवलपुर जिल्ला गैंडाकोट निवासी सन्तकवि गोविन्दराज विनोदीलाई प्रदान गरिने भएको छ ।
माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष नवराज बरालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको जानकारी प्रतिष्ठानका सचिव शिव त्रिपाठीले दिएका छन् । त्यस्तै गरी सोही बैठकले २०८२ कै माधव वियोगी सम्मान कास्कीका नाट्यकर्मी कृष्ण उदासी र लमजुङका आधुनिक बालसाहित्यकार रमेशचन्द्र घिमिरेलाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
सचिव शिव त्रिपाठीले दिएको जानकारी अनुसार विनोदीले उत्कृष्ट कविता–काव्य सिर्जना गरी नेपाली भाषासाहित्यको विशिष्ट सेवा गरेवापत तथा उदासी र घिमिरेले क्रमश नेपाली नाटक र आधुनिक बालसाहित्यको उन्नयनमा निरन्तर साधना गरेवापत सो पुरस्कार र सम्मानहरू प्रदान गर्न लागिएको हो ।
माधव वियोगी साहित्य पुरस्कारको राशि २५ हजार र सम्मानहरूको राशि ५/५ हजार रुपैयाँ छ । उल्लेखित पुरस्कार तथा सम्मानहरु छन्दनायक माधव वियोगीको जन्मदिनका अवसरमा यही कात्तिक २९ गते पोखरामा आयोजित विशेष कार्यक्रममा प्रदान गरिने छ ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया