स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति

समाधान संवाददाता २०८२ कार्तिक २५ गते १७:३९

पोखरा ।

स्याङ्जाका श्यामप्रसाद श्रेष्ठले सरकारबाट १ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । सरकारले उनको जग्गा प्रयोग गरेबापत यो रकम दिन लागेको हो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले श्रेष्ठको जग्गा प्रयोग गरेको थियो । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सरकारले मंगलबार उक्त निर्णय सार्वजनिक गरेको हो ।

सरकारले १७ वटा विभिन्न निर्णयहरू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरे ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्वस्वीकृति दिने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषद्ले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । भारतको विशाखापटनममा २०८२ कात्तिक २८ र २९ गते नेपाल–भारत समन्वयात्मक बैठक बस्दैछ । उक्त बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति दिने निर्णय भएको छ । यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि भएको छ । भू–उपयोग नियमावली २०८२ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया