च्याउ खेतीमा आकर्षण

राकेश शर्मा
म्याग्दी
म्याग्दीको बेनी नगरपालिका ४ सिंगा राक्सेका महिला च्याउ खेतीमा आकर्षित भएका छन् । घरमामात्र प्रयोग गर्न खेती गर्दै आएका उनीहरु व्यवसायिक बन्दै आएका हुन् । राम्रो आम्दानी गर्न सकिने देखेपछि समूह नै निर्माण गरी च्याउ खेती गर्न थालेका हुन् । महिलाहरु घरायसी काममा सिमित हुन्छन् भन्ने मान्यतालाई चिर्न महिलाहरु सक्रिय बनेका हुन् ।
राक्सेमा महिलाले राक्से सिर्जनशील कृषि र्फम नै दर्ता गरेर च्याउ खेती सुरु गरेका छन् । बजारमा च्याउको माग बढ्दै गएपनि उनीहरुले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री भएको स्थानीय गीता कार्कीले बताइन् । ‘तरकारी खेती भन्दापनि च्याउ खेतीबाट राम्रो आम्दानी हुने रहेछ’ उनले भनिन्, ‘पहिले च्याउ खेती गर्ने घर बनाउने, पराल काट्ने, उसिन्ने, सिलिन्डर बनाउने, झुन्ड्याउने, च्याउको बीऊ राख्ने, बिक्री गर्ने काममा कुनै समस्या नएको गीताले सुनाइन् ।
३ लाख रुपैयाँ सुरु लगानी गरेका उनीहरुले १ वर्षको अवधिमा ३ कुइन्टल बिक्री गर्न सफल भएका छन् । २ सय ५० र फुटकर किन्नेलाई ३ सय रुपैयाँ प्रति केजीको मुल्यमा बिक्री गर्दै आएको समूहकी मैना खत्रीले बताइन् ।
बजारमा च्याउको माग बढ्दै गएकामा उनीहरु खुसी छन् । उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने उनीहरुको भनाई छ । च्याउको अचार र सुकुटी माग अनुसार पु¥याउन नसकेको उनीहरुको भनाई छ ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया