पोखरा महोत्सवको टिकटमा छुट

समाधान संवाददाता, पाेखरा
१० औं संस्करणको पोखरा महोत्सवको हरेक टिकटबाट पोखरा मिट मार्ट प्रालिमा मासु किन्दा प्रतिकेजी ३० रुपैयाँ छुटको व्यवस्था गरेको छ । आयोजक युनाइटेड क्लबले महोत्सव प्रायोजक पोखरा मिट मार्ट प्रालिसँगको सहकार्यमा उपभोक्ता हित गर्ने योजना बनाएको उपसमिति संयोजक पूर्ण श्रेष्ठले जानकारी दिए ।
आगामी माघ १२ गतेसम्म हुने महोत्सवको प्रत्येक टिकटको अर्धकट्टी लगेमा अमरसिंह चोक र लेकसाइडस्थित मिट मार्टमा प्रतिकेजी ३० रुपैयाँ छुट दिने पोखरा मिट मार्टका सञ्चालक चिनबहादुर गुरुङले बताए ।
क्लबले साहसिक खेलमार्फत् महोत्सवको प्रचार गरेको छ । ब्यानरसहित न्यु प्यारा वल्र्ड प्रालिको २ वटा प्याराग्लाइडिङबाट महोत्सव अवधिभर प्रचार प्रसार गरिने क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । प्रालिका प्रबन्ध निर्देशक सुमन थापाले महोत्सव अवधिभर लोगो अंकित झण्डा बोकेर क्लबको अभियानलाई सहयोग गर्ने बताए ।







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया