—सम्पादकीय— जुलोजिकल पार्क

बेगनास र रुपातालको छेउछाउ पर्ने पचभैयामा चिडियाखाना बनाउने एउटा योजना बन्यो । त्यसैका लागि भनेर युनाइटेड क्लबले पोखरा महोत्सवको बचत खर्चन थाल्यो । चिडियाखाना नै चाहिँ संघ सरकारले मात्रै खोल्न सक्ने कानुनी व्यवस्थाका कारण पचभैयाको प्रयासलाई वन्यजन्तु उद्धार केन्द्रसँगै जुलोजिकल पार्कका रुपमा विकास गर्ने भनियो । हुन पनि यसको सुरुआत घाइते र बिरामी वन्यजन्तुको उद्धार र उपचार केन्द्रकै रुपमा भएको छ । अहिले जे जति वन्यजन्तु प्रस्तावित चिडियाखाना वा उद्धार केन्द्रमा छन्, ती सबै उद्धार गरी त्यहाँ पुर्याइएका हुन् । उपचार पनि कतिपय चिल र गिद्धहरुलाई खुला आकाशमै जान दिइएको छ । २ वटा चितुवा त उपचारपछि आफैं भागेर निस्केका पनि छन् । पचभैया भनिए पनि चैनपुरसम्मको १ सय ३४ हेक्टर भूभाग र जंगल चिडियाखानाका लागि प्रस्तावित छ ।
अजिंगर, मृग, हुचिल, नीर बिरालो, नील गाई लगायत वन्यजन्तु अहिले नै उद्धार केन्द्रमा छन् । मृगको लागि छुट्टै पिँजरा छ । चितुवाका लागि पनि पिँजरा छ । एक किसिमले पचभैयामा चिडियाखानाको प्रचार भइसकेको छ । कतिपय पर्यटकका पाइला पुगिसकेका छन् । जनस्तरबाटै भएको यस्तो प्रयासमा गण्डकी प्रदेश सरकारले होस्टेमा हैंसे गर्दै ३ करोड रुपैयाँ बजेट विनियोजन पनि गर्यो । तर केही स्थानीयकै विरोधका कारण अहिले जुलोजिकल पार्क निर्माण अघि बढ्न सकेको छैन ।
समेटिएका सबै सामुदायिक वनका उपभोक्तालाई साधारण सदस्य राखेर बनेको गैरनाफामूलक कम्पनीकै विरुद्ध मुद्दा परेर अदालतमा विचाराधीन छ । मुद्दाको टुंगो अदालतले लगाउने नै छ । यस्तो योजना जसले स्थानीयलाई पनि प्रत्यक्ष लाभ दिनसक्ने थियो । पर्यटन प्रवद्र्धन हुनसक्ने थियो । वन्यजन्तुको उद्धार हुने थियो । संरक्षण हुने थियो । यस्ता योजनामा पनि सहमति र सहकार्य गरी अघि बढ्नु मनासिव हो । तर जब मुद्दा नै परिसक्यो भने यो अब अदालतकै विषय बन्यो । अदालतलाई यो विषयमा सुझाव दिन सकिन्न, तर निवेदन गर्न के सकिन्छ भने छिनोफानो छिटो भइदिए जाती ।
युनाइटेड क्लबले वन्यजन्तु उद्धार केन्द्र र जुलोजिकल पार्क निर्माणको कार्य अघि सार्नु आफैंमा किन स्तुत्य हो भने यो सरकारी स्तरबाटै गरिनुपर्ने काम हो । मानिस बिरामी हुँदा उपचार गर्ने ठाउँ अस्पताल हुन्छ भने वन्यजन्तुको पनि उपचारस्थल चाहिन्छ नै । यो पृथ्वी सबै प्राणीको साझा घर हो । जति हक मानिसको छ, त्यति नै छ वन्यजन्तुको पनि । बरु मानिसको अस्तित्व नभए पनि वन्यजन्तुको अस्तित्व सम्भव होला तर वन्यजन्तुविहीन पृथ्वी मानव अस्तित्वका लागि असन्तुलित हुनेछ । पोखरा महोत्सवको बचतले मात्रै वन्यजन्तु उद्धार केन्द्र सुरु र सञ्चालन हुन सम्भव हुँदैन । सरकारी स्तरबाट हातेमालो चाहिन्छ । सरकारबाट त्यस्तो साथ र समर्थन अवश्य हुनेछ भन्ने विश्वास गरौं । अहिलेलाई भने चिडियाखानाको परिकल्पनाकार र कार्यान्वयनकर्ता युनाइटेड क्लबको आयोजनामा मंगलबारदेखि अमरसिंह चौर पोखरामा सुुरु हुने दसौं पोखरा महोत्सव सफलताको शुभकामना ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया