पोखरा महोत्सवमा ६ तले धरहरा

समाधान संवाददाता
पोखरा
पोखरामा धरहरा छैन, धरहरा चढेको अनुभव भने पोखरा महोत्सवमा लिन पाइन्छ । १० औं संस्करणसम्म आइपुग्दा युनाइटेड क्लबले आयोजना गर्ने महोत्सवमा प्रत्येक वर्ष दर्शकलाई फरक आकर्षण दिने गरेको छ ।
महोत्सव स्थलभित्रै ४० फिट अग्लो ६ तले धरहरा निर्माण गरिएको छ । यो धरहरा चढ्न दर्शकले ६० रुपैयाँ तिर्नुपर्छ । धरहराबाट महोत्सवका गतिविधिसँगै अमरसिंह चोक नियाल्न सकिन्छ ।
धरहरा गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले सुरुआत गरे । उनले क्लबले सामाजिक कामसँगै फरक शैलीबाट मनोरञ्जन दिएर दर्शकको माया र साथ पाएको बताए ।सामाजिक काममा मात्र नभई दर्शकलाई फरक फरक शैलीबाट दर्शकहरुलाई मनोरञ्जन दिन धरहरा बनाइएको अध्यक्ष लालकाजी गुरुङ बताउँछन् । महोत्सवको दोस्रो दिन बुधबार माघे संक्रन्तिसमेत परेकाले दर्शकको उल्लेख्य सहभागिता रह्यो ।
बुधबार लोकदोहोरीतर्फ राजु गुरुङको सालैजोसँगै श्रीराम अधिकारी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली, माया गुरुङ लगायतले दर्शकलाई मनोरञ्जन दिए । शिवहरि बैरागी र दमन रुपाखेतीले दर्शकलाई हसाए । साँझको पप कन्सर्टमा मंगोलियन हर्ट, राजु लामा र स्थानीय ब्यान्ड प्रोभर्सको प्रस्तुति रहेको सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले बताए ।
बिहीबार लोकदोहोरीतर्फ कुलेन्द्र विक, जीवन दाहाल, सरला पाण्डे, शंकरविरही गुरुङ, टेक क्षेत्री, रमा रानामगर, कमला गैरेले दर्शकलाई नचाउने छन् भने नेवारी संस्कृति झल्कने प्रस्तुति राखिनेछ । पप कन्सर्टतर्फ एमसीफ्लो र स्थानीय स्पर्श ब्यान्डको प्रस्तुति रहनेछ ।
महोत्सव मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । उनले पर्यटन क्षेत्रलाई गण्डकी प्रदेश समृद्धिका लागि पहिलो आधार बनाएको उल्लेख गर्दै गण्डकी प्रदेशका सबै गाउँ जीवित संग्रहालय भएको टिप्पणी गरेका थिए ।
संस्करणसम्म आइपुग्दा युनाइटेड क्लबले आयोजना गर्ने महोत्सवमा प्रत्येक वर्ष दर्शकलाई फरक आकर्षण दिने गरेको छ ।

आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया