‘जेन–जी’ आन्दोलनपछि पहिलो पटक ओली–देउवा भेट, महाराजगञ्जमा ‘वान टु वान’ वार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवालाई भेट्न शुक्रबार उनको अस्थायी निवास महाराजगञ्ज पुगेका हुन् ।
गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा देउवामाथि भएको गम्भीर आक्रमणपछि दुई शीर्ष नेताबीच यो पहिलो राजनीतिक संवाद हो । महाराजगञ्जमा दुई नेताबीच ‘वान टु वान’ वार्ता भएको हो । ओली महाराजगञ्ज पुग्दा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि त्यहीँ नेताहरूसँग छलफलमा व्यस्त थिए ।

कार्यवाहक सभापति खड्कानिकट स्रोतका अनुसार भेटमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तय गरिएको आमनिर्वाचनबारे छलफल हुनेछ । ‘महाराजगञ्जमा अध्यक्ष ओलीसहितका नेताहरू र सभापति देउवाबीच भेटवार्ता भएको छ,’ स्रोतले भन्यो ।
यद्यपि, एमाले वृत्तले भने अध्यक्ष ओली देउवाको स्वास्थ्य अवस्था बुझ्न मात्र त्यहाँ गएको दाबी गरेको छ । ‘आन्दोलनको राजनीतिक फेरबदलपछि भेट भएको थिएन । सन्चो–बिसन्चो सोध्न पनि हाम्रा अध्यक्ष देउवा निवास जानुभएको हो,’ एमालेका एक नेताले भने, ‘दुई नेताहरूबीच भेटघाट भएपछि समसामयिक राजनीतिक अवस्थाबारे त कुराकानी भइहाल्छ ।’

गत भदौ २७ गते विघटित संसदबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा दुई ठूला दलबीच साझा धारणा बनाउने कोसिस भइरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम, आसन्न दुईवटा निर्वाचन र संसद् पुनःस्थापनाको मुद्दा लगायतका विषयमा गहन छलफल चलिरहेको बुझिएको छ ।
दुई नेताबीचको पारिवारिक तथा राजनीतिक भेटमा देउवा पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी छन् ।









नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
मुक्तिनाथ बैंकद्वारा स्याङ्जा प्रहरीलाई स्मार्ट टिभी हस्तान्तरण
दीपशिखा पुस्तकालयको १८ औं साधारण सभा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया