आइटिएफ वर्ल्ड टेनिस टुरमा युल, गानुका, सु र शिवाली टेनिस फाइनलमा

पोखरा । आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे ३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के–चि सुले फाइनलमा भेट पक्का गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी सर्किट १ अन्तर्गत पोखरा रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेईका टिङ–हो याङलाई ३–६, ६–३, ७–६(१)ले पराजित गर्दै कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका छन् । अर्काे सेमिफाइनलमा श्रीलंकाका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरे ।
गल्र्स सिंगल्सतर्फ चाइनिज ताइपेईकी के–चि सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउँदै नेपाली खेलाडी शिवाली गुरूङसँग फाइनलमा भेट पक्का गरेकी छन् । अर्काे सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिका पद्मकुमारलाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।
ब्वाइज डबल्सतर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जितेका छन् । यता, गल्र्स डबल्सतर्फ शिवाली गुरुङ र के–चि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जिते ।
जारी प्रतियोगिताको सर्किट १ अन्तर्गतको फाइनल खेल शनिबार हुने कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङले जानकारी दिएका छन् । मंसिर २७ गते २ सातासम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीको सहभागिता छ ।
जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना छन् । प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिंगापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीको सहभागिता छ । प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिस्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्ने छन् ।
डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिस्टले ६ अंक, क्वार्टर फाइनालिस्टले ३ अंक प्राप्त गर्ने छन् । प्रतियोगितामा ब्वाइज सिंगल्स तथा डबल्स÷गल्र्स सिंगल्स तथा डबल्स गरी जम्मा ४ इभेन्टमा प्रतियोगिता सञ्चालन भइरहेका छन् । जसमा विजेता तथा उपविजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिता गर्न करिब १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश लगायतको सहकार्य रहेको कास्की टेनिसका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।









नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
मुक्तिनाथ बैंकद्वारा स्याङ्जा प्रहरीलाई स्मार्ट टिभी हस्तान्तरण
दीपशिखा पुस्तकालयको १८ औं साधारण सभा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया