दीपशिखा पुस्तकालयको १८ औं साधारण सभा

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १८ औं साधारण सभा बिहीबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले यो पुस्तकालयका गतिविधिबारे राम्ररी जानकार रहेको तथा पछिल्ला दिनमा गरेको प्रगति प्रशंसनीय भएको जनाए ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली, जनप्रकाश बहसमसखी क्याम्पसका प्रमुख ऋषि बुढाथोकी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल। रिड नेपाल अन्तर्गतको टेक एज युथ परियोजनाकी विद्यार्थी मिनिशा नेपाली लगायतले बोलेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् भने साधारणसभामा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीको प्रगति प्रतिवेदनसहित भावी योजना, सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्षसमेत रहेका पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीकोे आर्थिक प्रतिवेदन पारित भएका थिए । यो पुस्तकालयका १ सय ८० आजीवन सदस्य छन् ।








नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
मुक्तिनाथ बैंकद्वारा स्याङ्जा प्रहरीलाई स्मार्ट टिभी हस्तान्तरण
दीपशिखा पुस्तकालयको १८ औं साधारण सभा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया