मुक्तिनाथ बैंकद्वारा स्याङ्जा प्रहरीलाई स्मार्ट टिभी हस्तान्तरण

समाधान संवाददाता २०८२ मंसिर १९ गते १८:४६

स्याङ्जा । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जनचेतनामूलक सन्देश प्रवाह गर्न मुक्तिनाथ विकास बैंक स्याङ्जा शाखाले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई स्मार्ट टेलिभिजनलगायतका सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमबीच बैंकले प्रहरीलाई सो सामग्री सहयोगस्वरूप प्रदान गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दधिराम न्यौपानेले सहयोगका लागि बैंकलाई धन्यवाद दिँदै प्रशंसापत्र प्रदान गरे । हस्तान्तरण गरिएको सामग्रीमार्फत कार्यालयमा आउने सेवाग्राहीलाई जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै प्रहरी सेवा सम्बन्धी विस्तृत जानकारी गराइने बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया