उपलब्धि जोगाउने दायित्व

संविधान सभाले बनाएको संविधान अनुसार हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको अभ्यास गरिरहेका छौं । बीचमा जे जति आन्दोलन भए पनि यसको जग थियो २००७ सालको क्रान्ति । शताब्दी लामो जहानीय राणाहरुको शासनको अन्त्य भई नेपालीहरु रैतिबाट नागरिक भएको दिन हो फागुन ७, २००७ । त्यतिबेला क्रियाशील राजनीतिक दल मात्र होइन राणा शासन अन्त्य गर्न राजा त्रिभुवन समेत लागी परेका कारण क्रान्ति थप उचाइमा पुग्यो र लक्ष्य प्राप्ति गर्यो । त्यसो त त्यतिबेलै संविधानसभाको चुनावको चर्चा सुरु भएको थियो । तर उपलब्धिलाई संस्थागत गर्दागर्दै आम निर्वाचनका लागि मुलुकले २०१५ सालसम्म कुर्नुप¥यो । विभिन्न अवरोध चिर्दै भएको निर्वाचनबाट २ तिहाइ मतसहित सत्तामा पुगेको कांग्रेसले पूर्ण अवधि सरकार चलाउनै पाएन । प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अपदस्थ गरी २०१७ पुस १ गते राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था लागु गरे । निरन्तरको आन्दोलनपछि मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भए । त्यतिमात्र होइन मुलुक सशस्त्र द्वन्द्वको सिकार पनि भयो । अन्ततः दलहरुकै सहकार्यका कारण द्वन्द्व अन्त्य गरी अहिलेको अवस्थासम्म हामी आइपुगेका छौं । २ पटकसम्मको संविधानसभा निर्वाचनपछि बनेको संविधान हाल कार्यान्वयनको चरणमा छ ।
यति लामो त्याग र बलिदानपछि आएको व्यवस्था संस्थागत गर्ने जिम्मेवारी मुलुकमै क्रियाशील राजनीतिक दलहरुको हो । जसरी मुलुकमा ठूलो परिवर्तन ल्याउनमा उनीहरु जुटे अब यसलाई व्यवस्थित गर्नका लागि किन चुक्ने ? विगतको इतिहासले पनि त्यही भन्छ । राणा शासन, पञ्चायत मात्र होइन राजतन्त्र अन्त्यका लागि लागि दलहरुको सहकार्य निकै उत्कृष्ठ थियो । पहिलो संविधानसभाबाट संविधान बन्न नसकेपछि दलहरुकै सहमतिका आधारमा खिलराज रेग्मी नेतृत्वमा मन्त्रिपरिषद गठन गरियो । त्यही सरकारले संविधानसभाको दोस्रो चुनाव गरायो र मुलुकलाई भड्खालोमा जानबाट जोगायो । दलहरु चुनावबाट पन्छिन खोजेजस्तो देखिए पनि त्यतिबेलाको संकट टार्न नेताहरुले देखाएको चलाखीपनको प्रशंसा गर्नै पर्छ । संविधानसभाबाट पारित संविधानको मधेश केन्द्रित दलहरुले केही विरोध भने गरिरहेका छन् । मधेशको भूमिमा उभिएर महसुस गरेको पीडा पहाडको भूमिबाट अनुभूत हुन सक्दैन । यो विषयमा सरकार संवेदनशील हुन जरुरी छ । अर्को मधेशको समस्याका विषयमा मधेश केन्द्रित दलहरु नै इमान्दार बन्न नसकेको महसुस भइरहेको छ । उनीहरु जहिले पनि सत्ता केन्द्रित राजनीतिमा लिप्त भइरहेको देखिएको छ ।
७० वर्षको क्रान्तिकै जगबाट उठेको लोकतान्त्रिक शासन पद्धति अनुसार अहिले मुलुकमा ३ तहका सरकार क्रियाशील छन् । शासकीय प्रणालीमा ठूलो बदलाव आएको छ । सिंहदरवार केन्द्रित शासन व्यवस्था र शासकीय अधिकार अहिले पालिका भन्दा पनि तल वडा तहमा पुगिसकेको छ । सरसर्ति हेर्दा यो उपलब्धि साँच्चै नै अतुलनीय लाग्छ र हो पनि । तर यो उपलब्धिलाई जोगाउन दलहरु संवेदनशीन नदेखिँदा नागरिकमा खिन्नता छाउन थालेको छ । हुन त संघीयता कार्यान्वयनमा आएको २ वर्षमै सबै संरचना चिरिच्याट्ट हुन्छ भन्ने पनि होइन । तै पनि जुन खालका नतिजाहरु देखिनुपर्ने थियो त्यो महसुस नहुँदा निराशाको बादल मडारिएको हो । उपलब्धिलाई संस्थागत गर्न पहिलो त ३ तहका सरकारबीचको समन्वय बढाउनै जरुरी छ । एक तहको सरकारले अर्को तहलाई दोष लगाएर उम्किन मिल्दै मिल्दैन । बरु कहाँ कमजोरी छन्, ती कमजोरी पहिचान गरी समस्या समाधानका लागि जुट्न अब ढिलो भइसकेको छ । अर्को महत्वपूर्ण पक्ष दलहरु लक्ष्य प्राप्तिमा एकै दिशामा लम्किनु जरुरी छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया