किताबमाथिको करः राज्यले चाहेको भेडोवाला नागरिक

अनुसन्धाता लोकरञ्जन पराजुली किताब र किताबमाथिको करबारे बोल्दै ।
समाधान संवाददाता, पोखरा
कोरोना भाइरसको भयले सभा समारोह र मेला महोत्सवहरु स्थगित भइरहेका छन् । यसले सरकारलाई प्रश्न गर्दै केही दिनयता पोखरामा भइरहेको एउटा प्रदर्शनलाई पनि छोयो । तर किताबमा १० प्रतिशत भन्सार कर लगाइएको विरुद्ध प्रदर्शनमा सामेल हुँदै आएकाहरुले एउटा जुक्ति निकाले—धेरै मान्छे जम्मा नहुने, तर किताबकै सन्दर्भमा छलफल गर्ने । इग्नाइटर्स र ह्वाट द बुक क्लबले अनुसन्धाता लोकरञ्जन पराजुलीलाई पोखरा सार्वजनिक पुस्तकालयमा डाकेर बिहीबार किताबमाथिको कर र किताबका कुरा गरे ।
किताबबाट आउने कर राज्यका निम्ति ठूलो र महत्वपूर्ण नभएको विचार राखे । राज्यले थुप्रै अनावश्यक खर्च गरिएको पनि उनले बताए । ‘राज्यले चाहेको भेडावाला नागरिक नै हो,’ उनले भने, ‘राणाकालदेखि अहिलेसम्म त्यसमा फेरबदल आएको छैन ।’ उनले रैती टाढावाठा हुन्छन् भनेर सुरुमा राणाहरुले पढ्न नदिएको सुनाए । उनले भने, ‘पछि नागरिक पढे लेखेका भएनन भने अरुको लहलहैमा लाग्छन् भनेर पढाउन सुरु गरियो, तर उनीहरुले तिमीहरुको कर्तव्य यस्तो हो भनेर सिकाउने गरी पढाउन थाले ।’ अहिलेको राज्यले पनि नागरिकहरु पढेलेख्या नहोऊन् र प्रश्न नगरुन् भन्ने खोजेको पराजुलीले सुनाए ।
पराजुलीले राज्यसत्ता सधैं प्रतिगामी हुने विचार पनि व्यक्त गरे । उनले भने, ‘राज्यले स्थायित्व चाहन्छ, उसले हेर्ने भनेको नजिर हो, अहिलेका हाम्रा नेताको आदर्श भनेको महेन्द्र हुन्, महेन्द्र राष्ट्रवाद हो । राष्ट्रवाद साह्रै साँघुरो हुन्छ, तर त्यो राज्य सत्ताका लागि जरुरी छ, कर उठाउनका लागि उसलाई चाहिन्छ ।’ उनले किन हाम्रै मेयरले एउटा पनि लाइब्रेरी नबनाएका होलान् भन्ने प्रश्नसमेत उठाए । उनले उत्तर दिए—यो चिन्तनको समस्या हो ।’ अनुसन्धाता शेखर पराजुलीले राजनीतिक स्थायित्व ठिक नहुने रहेछ कि भन्ने जिज्ञासा राखे ।
पृथ्वीनारायण क्याम्पसको विज्ञान संकायका प्राध्यापक डा कपिल अधिकारीले पुस्तक सधैं सत्ताको विरोधी हुने धारणा राखे । ‘हाम्रोमा चार्बाकका किताब पनि जलाइएका हुन्, बुद्धका किताब पनि जलाइएका हुन्,’ उनले भने, ‘जहाँजहाँ सत्ता हुन्छ, त्यहाँ प्रश्न हुन्छ तर सत्तालाई प्रश्न मन पर्दैन ।’ उनले नेपाल राष्ट्र–राज्य (नेसन–स्टेट) बन्न सिक्ने प्रक्रियामै रहेको हुँदा त्यही प्रक्रियामा नराम्रो कुरा सिकेर नागरिकलाई दुख दिइरहेको बताए । अधिकारीले राष्ट्र—राज्य बन्ने प्रक्रियामा पाठ्य पुस्तक बनाइने र पाठ्य पुस्तक भनेका ज्ञानलाई सीमित गर्ने माध्यम भएको पनि सुनाए ।
लेखक साबित्री गौतमले नेपालमै छापिएका किताबमात्रै पढ्न दिने भन्नु महेन्द्र मालाकै अभ्यास भएको बताइन् । उनले नेपालमै पढाइ हुने थुप्रै पुस्तक विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको सुनाइन् । उनले पोखराका मिडियामा किताबमाथिको करका विपक्षमा सामग्री शून्य रहेको बताइन् । ह्वाट द बुक क्लबकी अनिशा बराइलीले बोल्नुपर्ने जति मानिसले किताबमा करमाथि नबोलेको अनुभव साटिन् । क्लबकै सुदर्शन पौडेलले भन्सार बढेकै कारण पसलले किताब आयात नगर्दा आफूले स्नातकमा पढ्नुपर्ने किताब किन्न नपाएको गुनासो गरे । लेखक मीरा ढकालले पाउँदै गरेको भाग पनि खोसिन्छ भनेर कतिपय बौद्धिक किताबमाथिको करमाथि बोल्न डराएको सुनाइन् । डा. चैतन्य अधिकारीले सानोतिनो दबाबलाई सरकारले दबाबै नठान्ने गरेको बताए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया