तनहुँमा ४७ प्रतिशत आवास निर्माण

समाधान संवाददाता २०७७ वैशाख १५ गते १३:२४

कृष्ण न्यौपाने, दमाैली

गोरखा भूकम्पको पाँच वर्ष पूरा हुँदा तनहुँ जिल्लामा ४७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका अनुसार पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ लाभग्राही रहेकामा सात हजार २१४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो ।

व्यास नगरपालिकामा दुई हजार ३७४ लाभग्राहीमध्ये एक हजार १३६, भानु नगरपालिकामा चार हजार ५९९ लाभग्राहीमध्ये दुई हजार ४१३, बन्दीपुर गाउँपालिकामा एक हजार ६४ लाभग्राहीमध्ये ५२४, आँबुखैरेनी गाउँपालिकामा ८९२ लाभग्राहीमध्ये ५३० र देवघाट गाउँपालिकामा ६४८ लाभग्राहीमध्ये २९२ जनाको निजी आवास निर्माण सम्पन्न भएको छ । त्यस्तै घिरिङ गाउँपालिकामा ३०६ लाभग्राहीमध्ये १४२, भीमाद नगरपालिकामा एक हजार २९६ लाभग्राहीमध्ये ४०३, म्याग्दे गाउँपालिकामा एक हजार ३९५ लाभग्राहीमध्ये ६८९, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९३९ लाभग्राहीमध्ये ८४६ र ऋषिङ गाउँपालिकामा ६१८ लाभग्राहीमध्ये २३९ जनाको निजी आवास निर्माण सम्पन्न भएको सो एकाइले जनाएको छ ।

Advertisement

एकाइ प्रमुख जयप्रकाश गुप्ताका अनुसार कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १३ हजार ७० र आंशिक घर क्षति भएका ७१७ गरी कूल १३ हजार ७८२ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेका छन् । त्यस्तै आठ हजार ९७६ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् । “तेस्रो किस्ताबापतको रकम बुझ्नेको सङ्ख्या सात हजार २१४ रहेको छ”, एकाइ प्रमुख गुप्ताले भन्नुभयो, “घर निर्माण सम्पन्न गरेकाले उनीहरु तेस्रो किस्ताबापतको रकम बुझेका हुन् ।”

पहिलो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा दुई हजार १९७, भानु नगरपालिकामा चार हजार २२१, बन्दीपुर गाउँपालिकामा एक हजार २५, आँबुखैरेनी गाउँपालिकामा ८५३, देवघाट गाउँपालिकामा ५७२, घिरिङ गाउँपालिकामा २५०, भीमाद नगरपालिकामा एक हजार १३६, म्याग्दे गाउँपालिकामा एक हजार २७३, शुक्लागण्डकी नगरपालिकामा एक हजार ७४७ र ऋषिङ गाउँपालिकामा ५०८ लाभग्राही छन् ।

Advertisement

दोस्रो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा एक हजार २९३, भानु नगरपालिकामा दुई हजार ८५९, बन्दीपुर गाउँपालिकामा ७१८, आँबुखैरेनी गाउँपालिकामा ५७१, देवघाट गाउँपालिकामा ३७०, घिरिङ गाउँपालिकामा १७७, भीमाद नगरपालिकामा ६६०, म्याग्दे गाउँपालिकामा ८४१, शुक्लागण्डकी नगरपालिकामा एक हजार १९० र ऋषिङ गाउँपालिकामा २९७ लाभग्राही छन् ।

बन्दाबन्दीका कारण निकासा रोकियो

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि निकासा रकम रोकिएको छ । बन्दाबन्दीका कारण प्रथम, दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा गर्न नसकिएको एकाइ प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३३४ लाभग्राहीलाई पहिलो, ६६६ लाभग्राहीलाई दोस्रो र २५८ लाभग्राहीलाई तेस्रो किस्ताबापतको रकम निकासा गर्न बाँकी छ । “लाभग्राहीले कार्यालयमा रकम निकासाका लागि निवेदन दिए पनि चैत ११ गतेदेखि बन्दाबन्दी भएकाले उक्त रकम निकासा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “बन्दाबन्दी सकिनेबित्तिकै उक्त रकम निकासा गरिनेछ ।”

व्यास नगरपालिकाका ८६ लाभग्राहीको पहिलो, ५० लाभग्राहीको दोस्रो, ४६ लाभग्राहीको तेस्रो, भानु नगरपालिकाका ५६ लाभग्राहीको पहिलो, २०२ लाभग्राहीको दोस्रो, ४९ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ । बन्दीपुर गाउँपालिकाका २८ लाभग्राहीको पहिलो, २३ लाभग्राहीको दोस्रो, १९ लाभग्राहीको तेस्रो, आँबुखैरेनी गाउँपालिकाका ३९ लाभग्राहीको पहिलो, आठ लाभग्राहीको दोस्रो र २० लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ । देवघाट गाउँपालिकाका चार लाभग्राहीको पहिलो, १२ लाभग्राहीको दोस्रो, चार लाभग्राहीको तेस्रो, घिरिङ गाउँपालिकाका १६ लाभग्राहीको पहिलो, १८ लाभग्राहीको दोस्रो, चार लाभग्राहीको तेस्रो, भीमाद नगरपालिकाका ३० लाभग्राहीको पहिलो, ८७ लाभग्राहीको दोस्रो र ८७ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी छ ।

त्यस्तै म्याग्दे गाउँपालिकाका ३१ लाभग्राहीको पहिलो, ६५ लाभग्राहीको दोस्रो, शुक्लागण्डकी नगरपालिकाका १५ लाभग्राहीको पहिलो, १५२ लाभग्राहीको दोस्रो, १८ लाभग्राहीको तेस्रो र ऋषिङ गाउँपालिकाका २९ लाभग्राहीको पहिलो, ४९ लाभग्राहीको दोस्रो र ११ लाभग्राहीको तेस्रो किस्ता निकासा हुन बाँकी रहेको एकाइले जनाएको छ ।

तपाईको प्रतिक्रिया