डिआइजीद्वारा गण्डकीकाे पश्चिम सीमामा निरीक्षण

समाधान संवाददाता २०७७ वैशाख २३ गते २१:३०

पाेखरा

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङजा साथै जिल्लाको सिमामा रहेको नेपाल प्रहरी र स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।

गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले कोरोना भाइरस संक्रमणलाई फैलन नदिन जिल्ला अन्तर्गत गरिरहका विभिन्न गतिविधि, लकडाउनको कार्यान्वयन साथै जिल्लाहरुको वर्तमान अवस्था र प्रहरी परिचालनका विषयमा जानकारी लिई आवश्यक निर्देशन दिन स्थलगत अवलोकन र निरीक्षण गरिएको जनाइएकाे छ ।

Advertisement

निरीक्षणको क्रममा प्रहरी नायव माहानिरीक्षक अर्यालले जिल्लाको सिमामा रेहको संयुक्त हेल्थ डेस्कमा खटिएका कर्मचारीहरुसंग विद्यमान अवस्था बारे जानकारी लिनुका साथै स्वास्थ्य तथा अन्य विषयमा कुनै समस्या आइपरे तत्कालै जानकारी गारउन समेत आग्रह गरे ।

प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्लामा कार्यरत प्रहरी कर्मचारी, कार्यालयका विभिन्न शाखाहरु, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको निरीक्षण गरेका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाइरसकाे संक्रमण फैलन नदिन जिल्ला अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा जानकारी गराएका थिए ।

प्रहरी नायव महानिरीक्षक अर्यालले कोरोना संक्रमणको जोखिम नेपालमा पनि बढिरहेकाले आफू सुरक्षित रही आम नागरिकलाई यसको संक्रमणबाट बचाउन प्रहरी अग्रपंक्तिमा रही काम गर्दै आएकाे भन्दै यसको रोकथामका लागि दिएको जिम्मेवारी उच्च सतर्कता र संवेदनशीलताका साथ निर्वाह गर्न गराउन निर्देशन दिए ।

साथै उनले गण्डकी प्रदेश र ५ नं. प्रदेशको सीमा क्षेत्र स्याङ्जा र पाल्पा जिल्लाको सिमाना राम्दस्थित रहेको संयुक्त हेल्थ डेस्कको पनि स्थलगत अवलकोन गरी त्रुटिरहित ढंगले उच्च सतर्कताका साथ  चेकजाँच गर्न समेत आग्रह गरे ।

साथै उक्त निरीक्षणमा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया