नेपालगन्जमा थप १ जनामा कोरोना, संक्रमितको संख्या १ सय २

समाधान संवाददाता २०७७ वैशाख २६ गते १६:४६

पाेखरा

नेपालगन्जमा थप १ जनामा काेराेना संक्रमण देखिएकाे छ । उनी १६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे सँगै कोरोना संक्रमितको संख्या १ सय २ पुगेको बताएको छ ।

शुक्रबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटा अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ३० पुगेको छ ।

Advertisement

त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका २ जनामा पिसिआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन भर्ना गरिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि फेरि अस्पताल भर्ना गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया