स्याङ्जामा थप ३ जनामा कोरोना पुष्टि

समाधान संवाददाता
स्याङ्जामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । वालिङका २ पुरुष र १ महिलामा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । नगरपालिकाले जेठ १२ गते उद्धार गरी ल्याएको ३ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितलाई उपचारका लागि स्याङ्जा जिल्ला अस्पतालमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जनाए । यसअघि वालिङकै २९ र २० वर्षीय पुरुषमा गत मंगलबार कोरोना पोजेटिभ देखिएको थियो ।
बागलुङको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
नयाँ ३ जना संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ । अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका २ जनामा कोरोना देखिएको छ । १५ मध्ये बागलुङका १९ वर्षकी युवती र ६५ वर्षकी वृद्ध निको भएर चैत दोस्रो साता नै घर फर्किसकेका छन् ।







पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया