गल्याङका २ पुरुषमा कोरोना संक्रमण, स्याङजामा संक्रमित ७ पुगे

समाधान संवाददाता २०७७ जेठ १८ गते ११:४८

समाधान संवाददाता

स्याङजाको गल्याङमा नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कवारेन्टाइनमा बसेका २७ र ४० वर्षका २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

दुवै संक्रमितलाई उपचारका लागि स्याङजा जिल्ला अस्पताल लैजाने तयारी भइरहेको निर्देशक विनोविन्दु शर्माले जानकारी दिए । योसँगै स्याङजामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

Advertisement

आज भेटिएकाबाहेक अरु सबै वालिङ नगरपालिकाका हुन् । ७ जनामध्ये महिला संक्रमित १ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहको छ ।

Advertisement

तपाईको प्रतिक्रिया