पर्वतमा पहिराेले जनधनकाे क्षति पुर्याएकाेमा मुख्यमन्त्रीद्वारा दुख व्यक्त

पाेखरा
पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङ, ढकालबारीमा शनिबार रातिको भिषण वर्षाका कारण गएको पहिरोमा परी ठूलो जनधनको क्षतिप्रति गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङले फेसबुक पेजमा आइतबार बिहान सन्देश जारी गरी पहिरोमा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बेपत्ता भएकाहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी तथा उद्धार कार्यमा जुट्ने सवैप्रति उनले धन्यवाद प्रकट गरेका छन् ।
पर्वतकाे कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारिमा शनिबार राति गएकाे पहिराेमा परी ६ जनाकाे मृत्यु भएकाे छ भने ३ जना हराइरहेका छन् ।
शनिबार राति ८ बजेतिर गएकाे पहिराेमा पुरिएका स्थानीय तुलबहादुर थापा, मीनकुमारी थापा र नातिनी विविशा थापाकाे शव राति नै भेटिएकाे थियाे । तुलबहादुर र मिनकुमारी पतिपत्नी हुन् भने विविशा नातिनी हुन् ।
आइतबार बिहान भेटिएका ३ जनाकाे नाम खुलेकाे छैन ।
शनिबार राति २ घर बगाउँदा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिशा विक हराइरहेका थिए ।
राति नै घटनास्थलमा पुगेकाे आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेर खाेजी र उद्धार थालेकाे थिए ।
घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जाेखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।
रातिमा पानी परेकाले उद्धारमा समस्या परेकाे थियाे । बिहान भने माैसम खुलेकाले सुरक्षाकर्मी र स्थानीयकाे सक्रियतामा खाेजी कार्य जारी छ ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया