चेल्सी तेश्रो स्थानमा उक्लियो

एजेन्सी, लन्डन
उपाधीको होडबाट बाहिरिएको चेल्सीले मंगलबार प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई ३(२ ले हराउँदै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
लेस्टर सिटीलाई उछिनेर अगाडि बढ्ने क्रममा चेल्सीको शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना बलियो भएको छ ।
यो जितमा चेल्सीका लागि ओलिभर जिरोड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले गोल गरे । प्यालेसका तर्फबाट विलफ्रेड जाहा र क्रिस्टियन बेन्टेकेसले गोल गरे ।
जितसँगै चेल्सीको ६० अंक भएको छ भने चौथो स्थानमा झरेको लेस्टरको ५९ अंक छ ।
अर्को खेलमा लेस्टरले आर्सनलसँग १–१ को बराबरी खेल्यो । त्यसमा आर्सलनले पिएर एमरिक अबमेयाङको गोलले अग्रता लिएको थियो । खेल सकिनु ६ मिनेट अगाडि जेमी भार्डीले बराबरी गोल फर्काए । रेलिगेसन संघर्षको अर्को खेलमा वाटफोर्डले नर्विचलाई २–१ ले परजित गर्न सफल रह्यो ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया