गृहमन्त्री थापा राहतसहित ढोरपाटनमा

समाधान संवाददाता २०७७ भदौ १९ गते १४:५८

पोखरा

गृहमन्त्री रामबहादुर थापा शुक्रबार बाढी प्रभावित क्षेत्र बागलुङकाे ढाेरपाटन पुगेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमा राहतसहित पुगेका गृहमन्त्री थापासहितको टोलीले बुधबार राति भुजीखोलामा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थलगत जानकारीसहित त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री समेत वितरण गरेको छ ।

Advertisement

गृहमन्त्री बिहीबार नै त्यसतर्फ पुग्ने प्रयास असफल भएको थिय । खराब मौसमका कारण उनी पोखरामा अवतरण गरी केहीबेरपछि काठमाडौं फर्केका थिए ।

बाढी प्रभावित ढोरपाटन नगरपालिकाको वडा ९ सहितको स्थलगत जानकारी पछि गृहमन्त्री थापाले बाढीले क्षतिग्रस्त बनाएका घरको पुनर्निर्माण वर्षा लगत्तै सुरु गरिने प्रतिवद्धता जनाए । देशले ढोरपाटनको विपत्तिबाट अकल्पनीय घटना बेहोर्नु परेको भन्दै घर र परिवार गुमाएकाहरुको साथमा सरकार रहेकाले उच्च मनोवल सहित अघि बढ्न आग्रह गरे ।

Advertisement

बाढीका कारण अझै पनि थप जोखिमयुक्त वस्तीबारे पूर्व सचेतता अपनाउन र भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालयलका मन्त्री सँग कुरा गरिने उनले बताए । बाढी प्रभावित क्षेत्रका सांसद तथा नेकपाका नेता देवेन्द्र पौडेल सुनिलले ढोरपाटनका बाढी प्रभावित नागरिकको राहत, खोजी तथा पुर्नस्थापनाका लागि सबै तह र निकायबाट पहलका लागि कुनै कसर बाँकी नराखिने बताए ।

बुधबार राति आएको बाढीले ढोरपाटन नगरपालिकाकाको वडा नम्बर ९ सहित ७ र ८ मा ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परि १४ जनाको मृत्यु भएको छ भने २४ बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया