काँहु र पञ्चासे पनि पर्यटकीय गन्तब्य

समाधान सम्वाददाता
सरकारले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कास्कीबाट दुई ठाउँ थपिएका छन् । कास्कीका पर्यटकीय स्थल काहुँ धरहरा र पञ्चासे पर्यटकीय क्षेत्र पनि अबदेखि पर्यटकले घुम्नै पर्ने स्थानमा सुचिकृत भएका छन् ।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ सय पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको थियो । त्यो सुचीमा कास्कीबाट सिद्द गुफा, मौजा होम स्टे र सिक्लेस परेका थिए ।
नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका १ सय वटा स्थान पहिचान गर्दै मन्त्रालयले पूर्वाधार विकास गर्ने उल्लेख गरेको थियो । यसै गरी बाग्लुङ जिल्लाको पञ्चकोट पनि पर्यटकीय गन्तब्यका रुपमा सुचिकृत भएको छ ।
सरकारले घोषणा गरेको पर्यटकीय गन्तब्यको पूर्वाधार विकासका लागि मन्त्रालयले विशेष ध्यान दिने पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताए । मन्त्री अधिकारीले कास्की सहित नेपालभर थपिएका पर्यटकीय गन्तब्यले नेपालमा पर्यटकको बसाई लम्ब्याउने विश्वास समेत व्यक्त गरे ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया