पहिराेमा पुरिएर एकै परिवारका ९ जनाकाे मृत्यु

समाधान संवाददाता २०७७ असोज ८ गते १२:५३

समाधान संवाददाता, पोखरा

स्याङ्जाको पहिरोमा परेर हराइरहेका एकै परिवारका ९ जनाको शव भेटिएको छ । बिहीबार बिहान ६ बजेतिर वालिङ नगरपालिका १४ तमादीमा पहिरो जाँदा माया नेपालीको घर पुरिएको थियो ।

Advertisement

पहिरोमा परी हराइरहेकामध्ये २७ वर्षे उमाकला नेपाली, ४८ वर्षे माया नेपाली, ३० वर्षे दीपक नेपाली, ६० वर्षे सानी नेपाली र ९ वर्षे विवश नेपालीको शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । १४ वर्षे विक्रम नेपाली, १९ वर्षे बिनीता नेपाली, २१ वर्षे कुलदीप नेपाली र ६/७ महिनाका काखे बालक रहेको प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

घाइते अवस्थामा भेटिएकी १६ वर्षकी मनिषा नेपालीको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरा ल्याइएको छ । उक्त घरमा १० जना सुतेका थिए ।

Advertisement

वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमाण्ड साथै सशस्त्र प्रहरी बल समेतको टोली खटिएर तत्काल खोजतलास थालेको थियो । सबैकाे शव स‌ंकलन गरी पाेस्टमार्टमका लागि वालिङ लगिएकाे प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

यसैगरी जिल्लाकै कालीगण्डकीमा पहिरोले घर पुर्दा १६ वषे विष्णुबहादुर परियार (दमै)को मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया