क्होंलासोंथर प्रवद्र्धनका लागि सडक

कुनै जाति फगत जात होइन । जातसँग उसका संस्कार, संस्कृति, मौलिकता, चाडपर्व, रहनसहन जोडिन्छन् । राजनीतिक चेतनासँगै पहिचानको मुद्दा नेपाली समाजमा पेचिलो बन्यो । सम्हाल्नै कठिन पर्ने अनुमान पनि थिए । अनेक आशंका र अनुमानलाई चिर्दै द्वन्द्वको अवतरणसँगै जातीय सद्भाव र एकता पनि थप बजवुत बनेको छ । विगतमा पाखा पारिएको अनुभव गर्ने धेरै जाति, जनजाति अब मूलधारमा यात्रा गर्ने राजमार्ग खोज्दै छन् ।
गण्डकी प्रदेशको नाम तमुवान राख्नुपर्ने मत बलियो थियो । बलियो मतलाई अपमान नगरी करिब सर्वसम्मत नै गण्डकी प्रदेश नाम राखियो । यो देशको लमजुङमा गुरुङ जातिको पैतृक थलो क्होंलासोंथर छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको दक्षिणी भेगमा पर्ने क्होंलासोंथर समुद्री सतहदेखि ३ हजार ३ सय ३० देखि ४ सय २ सय उचाइमा छ । करिब डेढ दशकअघि क्याम्ब्रिज विश्वविद्यालय र नेपाल पुरातत्व विभागका शोधार्थीले यसको अध्ययन गरी क्होंलासोंथर १ हजारदेखि १ हजार २ सय वर्ष पुरानो भएको अनुमान गरेका थिए ।
३ तहका सरकार बन्दा क्होंलासोंथरलाई सम्मान गरिएको छ । १ गाउँपालिकाको नाम नै क्होंलासोंथर राखिएको छ । नाम राख्नुमात्र पनि सम्मान होइन, यसको इतिहास, सभ्यता, प्रचारप्रसार र प्रवद्र्धन अब जरुरी छ । राजतीतिक व्यवस्था फेरिएसँगै छुमन्तरझैं परिवर्तन भइहाल्छ भन्ने अपेक्षा जनतामा छ । त्यो अपेक्षा पूरा नभए पनि विगतमा भन्दा अब सबै क्षेत्रको विकासले गति भने लिनै पर्छ ।
क्होंलासोंथरमा भग्नावशेषहरु छन् । राजाको दरबार, सभास्थल, गाउँको संरचना पनि छ । भग्नावशेष छन्, यसको अर्थको यहाँ मानव जातिको खाँट्टी इतिहास छ । भग्गावशेष उत्खनन् गरी यथार्थ प्रकाशमा ल्याउनु जरुरी छ । क्होंलासोंथरबारे अहिलेसम्म अनेक किंवदन्ती छन्, अब प्रमाणित इतिहास जनसमक्ष ल्याउन जरुरी छ । पैदलयात्राबाट मात्र पुग्न सकिने क्होंलासोंथरलाई सडक मार्गले जोड्ने पहल सुरु भएको छ ।
कास्की १ का सांसद खगराज अधिकारीको पहलमा मादी २ ताङतिङबाट क्होंलासोंथरसम्म जोड्ने ताङतिङ क्रपु क्होंला सोंथर सम्पदा मार्ग निर्माण गर्न लाथिएको छ । सांसद अधिकारीले यो बाटोका लागि सांसद विकास कोषबाट ७० लाख विनियोजन गरेका छन् ।
क्होंलासोंथर गुरुङ जातिको ऐतिहासिक थलो हो, यो सबै नेपालीको सम्पदा पनि हो । यसको संरक्षणको पहल सबै जाति, क्षेत्रबाट हुनुपर्छ । अरु जातिको संस्कार, संस्कृति, धर्म, चाडपर्वको उत्थान र प्रवद्र्धनमा सहयोग गर्नु नेपालीको मौलिकता र विशिष्टता हो ।
सडक मार्गको पहुँचले क्होंलासोंथर हिन्दुहरुका लागि मुक्तिनाथ जस्तै गुरुङ जातिको पवित्र स्थलका रुपमा प्रसिद्ध हुने विश्वास गर्न सकिन्छ । विकासले विनास पनि सँगसँगै लिएर आउँछ, त्यसैले नै दीगो विकासको अवधारणा आएको हो । पदमार्ग निर्माणले भौगोलिक संरचनामा खलल पर्न सक्ने, संस्कार, संस्कृतिमा पश्चिमापनले गाज्ने जोखिम पनि छन् ।
यो चिन्तालाई निष्तेज पार्दै क्होंलासोंथरसम्म सडकमार्ग पुर्याउन सके यो स्थान अन्य जाति र विदेशीका लागि समेत आकर्षणको केन्द्र बन्न सक्छ ।यसमा क्होंलासोंथर गाउँपालिकाले पनि योजनावद्ध प्रयास गर्नु जरुरी छ । गण्डकी प्रदेश सरकारले पर्यटन र ऊर्जाको माध्यमबाट समृद्धिको सपना देखेको छ । यसका लागि क्लोंलासोंथरसम्म बाटो निर्माण, होमस्टे, होटेल आदि निर्माणले सघाउनेछ । यो मोटरबाटो निर्माणले क्होंलासोंथर र यहाँका बासिन्दाको भविष्यको रेखा कोर्ने छ ।






सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया