सुलभको दसैंतिहार अफर, हजारको सामान किन्दा स्कुटर जित्ने अवसर

समाधान संवाददाता २०७७ असोज २३ गते १२:०९

समाधान संवाददाता, पोखरा

सुलभ डिपार्टमेन्टल स्टोर्सले ग्राहकका लागि दसैंतिहार अफर ल्याएको छ ।

पोखरा ६ जरेवरमा सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित स्टोर्सले कुपनसहितको अफर ल्याएको संस्थाका अध्यक्ष विश्वराज पौडेलले बताए ।

Advertisement

प्रत्येक हजार रुपैयाँको खरिदमा १ उपहार कुपन प्रदान गरिने छ । ती कुपनको नतिजा आगामी माघ १ गते औपचारिक कार्यक्रम आयोजना गरेरर सार्वजनिक गरिने पौडेलले जानकारी दिए ।

उपहारमा प्रथम हुनेलाई विगोको टिभिएस स्कुटर प्रदान गरिने छ ।

Advertisement

दोस्रो पुरस्कार एलजीको वासिङ मेसिन, तेस्रो हुनेलाई फ्रिज, चौँथोलाई एलइडी टेलिभिजन, पाचौं पुरस्कार माइक्रो वेभ वभन र सान्तवना पुरस्कार समेत दिइने संस्थाका सचिव लक्ष्मण बरालले जनाए ।

पोखराका पर्यटन व्यावसायीहरुको संयुक्त लगानीमा स्थापना भएको स्टोर्स १ दशकदेखि सञ्चालित छ ।

तपाईको प्रतिक्रिया