एलजीको नयाँ वर्ष योजना

समाधान संवाददाता २०८१ वैशाख १२ गते १२:३९

पोखरा ।
नेपालमा सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्रान्ड एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजनाअघि सारेको छ । यो योजनामा ग्राहकले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र उपहारका साथमा १ लाखको दुर्घटना बिमा तथा लक्की ड्रमा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्छन् ।


एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकले ४० प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटरसम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर दिइनेछ ।


एलजी फ्रन्ट लोड वासिङ मेसिन (१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वासिङ मेसिन (९ केजीसम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वासिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर ग्राहकले पाउने सक्ने छन् ।

Advertisement


एयर सलुसनतर्फ एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले इन्स्टलेसन सेवा सित्तैमा पाउनेछन् । ग्राहकले हरेक महिना लक्की ड्रमार्फत २ एलजी ओलेड टिभी जित्न सक्नेछन् । कुनै पनि एलजी टिभी खरिदमा एक लाखको दुर्घटना बिमा पनि प्राप्त गरी संसारको कुनै पनि ठाउँमा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन् ।


शून्य ब्याजदरमा इएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि कम्पनीले दिएको छ । चैत अन्तिम सातादेखि देशैभर लागू भएको यो योजना सीमित समयसम्म चल्ने कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया