पोखराका पौडेल टुरिजम बोर्ड सदस्य

समाधान संवाददाता २०७५ फागुन ७ गते १७:४७

समाधान सम्वाददाता

पोखराका युवा पर्यटन व्यवसायी विप्लव पौडेल नेपाल टुरिजम बोर्डको कार्यकारी सदस्यमा नियुक्त भएका छन् । पर्यटन सँस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै पौडेललाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन ।

पोखरा पर्यटकीय शहर हुँदा हुँदै पनि पछिल्लो तीन बर्ष यता यो क्षेत्रबाट पर्यटन बोर्डमा प्रतिनिधित्व थिएन । पौडेलको नियुक्तीले पोखरा र गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको छ । उनको कार्यकाल तीन बर्षको रहेको छ ।
पर्यटन बोर्डको सदस्य नियुक्त भएका पौडेल पोखराको बाराही हस्पिटालिटी गु्रपका कार्यकारी निर्देशक हुन् । नेपाल पर्यटन बर्ष–२०११ को कार्य सम्पादन समिति सदस्य र पश्चिमाञ्चल क्षेत्रका संयोजक बनेर काम गरी सकेका पौडेले नेपाल भ्रमण बर्ष–२०२० को कार्य सम्पादक समिति सदस्य समेत हुन ।

Advertisement

विद्यार्थी जिवनबाटै पर्यटन व्यवसायमा सकृय बनेका पौडेल पश्चिमाञ्चल होटल संघ पोखराका पूर्व अध्यक्ष हुन भने नेपाल होटल संघका केन्द्रिय सदस्य छन । पर्यटन बोर्ड सदस्यमा नियुक्त भए पछि छोटो प्रतिक्रिया दिँदै पौडेलले सरकारले विश्वास गरेर दिएको जिम्मेबारी ईमान्दारितापूर्वक पुरा गर्ने बताए । “गण्डकी प्रदेशको मात्र नभएर देशकै पर्यटन उद्योग समृद्ध बनाउन आफ्नो क्षमताले भ्याएसम्म प्रयत्न गर्नेछु ।’ पौडेलले भने–“सरकारले निर्धारण गरेका लक्ष्य पुरा गर्न दत्तचित्त बनेर लाग्नेछु ।
मन्त्री अधिकारीले पौडेलसंगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमलालाई पनि बोर्ड सदस्यमा नियुक्त गरेका छन् । सफल महिला पर्यटन व्यवसायी धमला बोर्डका पूर्व सञ्चालक समिति सदस्यसमेत हुन् । उनी लाङटाङ रि ट्रेकिङका प्रबन्ध निर्देशकसमेत हुन् ।

सञ्चालक समिति सदस्यद्धय कृष्ण अर्याल र पूर्ण बहादुर कुँवरको समयावधि सकिएपछि नयाँ बोर्ड सदस्य छनोट प्रक्रिया अघि बढाइएको थियो । नयाँ बोर्ड सदस्य छनोटका लागि टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष नवराज दाहाल र नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका अध्यक्ष सिएन पाण्डेलगायत संलग्न रहेको एक सिफारिस कमिट गठन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया