म्याग्दीमा हतियार र कालिजसहित ५ सिकारी पक्राउ

समाधान संवाददाता २०७७ मंसिर १ गते १०:०४

म्याग्दी, रासस

म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित ५ सिकारी पक्राउ परेका छन् ।

थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Advertisement

प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका–४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।

रातको समयमा जङ्गलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एक नाले भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी निरीक्षक चौधरीले बताए।

Advertisement

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

वन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया