बेस्ट–रेडक्रस स्वास्थ्य सम्झौता
समाधान संवाददाता
२०७५ फागुन ९ गते ८:४२

समाधान संवाददाता
बेस्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाइटी, कमलादी च्याप्टरबीच स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा बेस्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी च्याप्टरका तर्फबाट सचिव माधव अधिकारीले हस्ताक्षर गरे ।
फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, कमलादी च्याप्टरसँग स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी सामग्री वितरण कार्यक्रम लगायत समाजमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्नका लागि यो सहकार्य गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
सम्बन्धित






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया