गाउँ चिनाउन भिडियो प्रतियोगिता

समाधान संवाददाता
भ्रमण वर्ष सन् २०२० लाई प्रबद्र्धन गर्न वि वील राइज फाउन्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता आयोजना गरेको छ । नेपालका कुनाकाप्चा, दूरदराजका गाउँको पहिचान भिडियोमार्फत सम्प्रेषण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउन्डेसनका अप्ररेसन डाइरेक्टर अनुपकुमार बरालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘हरेक गाउँ, ठाउँको आफ्नै पहिचान छ । संस्कृति, परम्परागत पेसा उजागर गर्दै पर्यटन प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘जुन देख्दा सामान्य झैं लाग्ने तर इतिहासमा त्यो पक्षले सशक्त मानक कायम गर्न सकोस् त्यस किसिमको कन्टेन्टको खोजीमा छौं ।’
प्रतियोगिताका लागि फाउन्डेसनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको बरालले जानकारी दिए । भिडियो निर्माताले गाउँको प्राकिृतक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदि विषयलाई आधार बनाई अधिकतम ५ मिनेटसम्मको भिडियो बनाउन सक्नेछन् । एचडी क्वालिटीमा भिडियो खिचेर बनाइएको डकुमेन्ट्री आवश्यक सम्पादन, स्क्रिष्टसहित प्रतियोगितामा सहभागि हुनुपर्ने प्रावधान छ ।
प्रतियोगितामा उत्कृष्ट हुने भिडियो लाइक, सेयर र कमेन्टको आधारमा उत्कृष्ट हुने भिडियोले १-१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीले २ लाख बराबरको छात्रवृत्तिसमेत उपलब्ध गराउने भएको छ । प्रतियोगितामा फस्ट रनर्सअप हुने भिडियोले ५० हजार र सेकेन्ड रनर्सअप हुने भिडियोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट सम्पादन र सर्वोत्कृष्ट स्क्रिप्ट भएकोले भिडियोले पनि २५-२५ हजार रुपैयाँ पाउने फाउन्डेसनले जनाएको छ । प्रतियोगितामा सहभागी हुन फाउन्डेसनको वेबसाइट ‘डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी’ मा आफूले छनोट गरेको विषय बारेमा आवेदन फारममार्फत अंग्रेजी महिनाको अप्रिल अन्तिमसम्ममा जानकारी गराउनुपर्ने छ ।
नतिजा आगामी जुनमा प्रकाशित गरिनेछ । भिडियो नेपालभित्र नै निर्माण गरिएको हुनुपर्ने फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया