पोखरामा थपिए मुक्तिनाथका ३ शाखा

समाधान संवाददाता २०७५ फागुन १० गते ८:३४

समाधान संवाददाता

मुक्तिनाथ विकास बैंकले पोखरा महानगरका ३ स्थापना एकसाथ शाखा विस्तार गरेको छ । आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकैसाथ सञ्चालन गर्दै आएको मुक्तिनाथले अमरसिंहचोक, जिरो किमी तथा लामाचौरमा शाखा खोलेको हो ।

जिरो किमी शाखा गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री माननिय किरण गुरुङले उद्घाटन गरे । मन्त्री गुरुङले बैंकले ससाना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिलाई पनि सहज र सरल सेवा दिनुपर्ने बताए । उनले यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

Advertisement

अमरसिंह शाखाको प्रदेश सांसद मनबहादुर गुरुङले उद्घाटन गरे । उनले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ व्यवसाय प्रबद्र्धनको शुभकामना पनि दिए ।

लामाचौर शाखा पोखरा १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले संयुक्त रुपमा सुरुआत गरे । उनीहरुले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), स्थानीय, समाजसेवी लगायतले बोलेका थिए ।

Advertisement

बैंकका अध्यक्ष खिमप्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिबारे दिए । उनले विकास निर्माणका कार्यमा बैंक हातेमालो गर्न तयार रहेको बताए । उनलदे भावी दिनमा सामाजिक उत्तरदायित्व स्थानीय तहसँग सहकार्य गरी निर्वाह गर्ने प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया