कास्की जिल्ला अदालतका ११ जनामा कोरोना

समाधान संवाददाता २०७८ वैशाख २६ गते १६:४९

समाधान संवाददाता, पोखरा

कास्की जिल्ला अदालतका ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । १ न्यायाधीश सहित ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए । क्यान्टिनका १ जना गरी कुल १२ संक्रमित छन् ।

कास्की जिल्ला अदालतका ८१ जनाको स्वाब २३ वैशाखमा लिइएको थियो । केही कर्मचारीको स्वास्थ्य अवस्था बिग्रिएपछि स्वाब जचाइएको थियो ।

Advertisement

अदालतको कामकारबाही भने १६ गतेबाट आंशिक रुपमा मात्रै चलेको छ । १५ वैशाखबाट लागू निषेधाज्ञामा अदालत ‘आशिंक’ रुपमा सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार आशिंक रुपमा अदालत सञ्चालन गरिएको हो ।

अदालतले बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाई, बाल सुधार गृहका बालबालिका जिम्मा लिने निवेदनमाथिको कारबाही, पक्राउ पुर्जी अनुमति, म्याद थप, अभियोगपत्र दर्ता, बयान र थुनछेक बहस गर्नेछ । म्याद थपको काम भने अदालते भिडियो कन्फ्रेन्समार्फत गर्ने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया