हवाई सुरक्षा र मापदण्ड

दुर्घटना आकस्मिक नै हुन्छ । १५ फागुन २०७५ मा नेपाली आकाशमै यस्तै दुर्घटना भयो । नेपालीका प्रिय नेता मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाले ज्यान गुमाए । रवीन्द्र आफै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपियन युनियनले नेपाली आकाशलाई हवाई उडानका लागि सुरक्षित कम भएको भन्दै प्रश्न उठाएपछि उनै रवीन्द्रले यसमा सुधारको प्रयास थालेका थिए ।
नेपाली आकाशमा हुने हवाई दुर्घटनाको बिमा रकम पनि उनकै पालामा बढाइएको थियो । भौगोलिक विकटता भएका पहाडी जिल्लामा आकस्मिक उपचारकै लागि पनि हवाई सुविधा पुग्नुपर्छ भनेर उनी प्रयासमै जुटे । मृत्युवरण गरेकै दिन पनि उनी तेह्रथुममा विमानस्थल निर्माण प्रक्रियाकै लागि अनुगमनमा पुगेका थिए । पाथिभाराबाट फर्कर्दै गर्दा १ थान हेलिकोप्टर दुर्घटना भयो, मन्त्रीसहित ७ जनाले ज्यान गुमाए । २÷४ दिनमा यो घटना ओझेलमा पर्दै जाला । सोचनीय पक्ष के हो भने यो घटनाले नेपाली आकाशमा हवाई सुरक्षासम्बन्धी अर्को अहम् प्रश्न छाडेको छ ।
यो हेलिकोप्टर दुर्घटनापछि धेरै प्रश्न पनि उठेका छन् । षढ्यन्त्रवश भएको भनेर त कल्पनै गर्न सकिँदैन । तर पहाडी उडानमा जाने हेलिकोप्टरको क्षमता, मौसम अनि चालकको मनस्थिति लगायत धेरै विषयले माने राख्छ । अनि यस्ता उडानका सामान्य मापदण्ड पनि होलान नि ?
ताप्लेजुङबाटै निर्वाचित प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले दुर्घटनालगत्तै फेसबुकमा लेखेका छन्, ‘भिआइपी उडानमा पाइलट सहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’ यसबाट उब्जेको आशंका हो के पाइलट जसरी भए पनि भिआइपीलाई उडाउनै पर्छ भन्ने मानसिक दबाबको पो थिए कि त ।
ताप्लेजुङमा बुधबार भएको दुर्घटनासँगै नेपाली आकाशमा ३२ हेलिकोप्टर दुर्घटना भएका छन् । प्राधिकरणका अनुसार पहिलोपटक २७ डिसेम्बर १९७९ मा लाङटाङमा भएको दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । नेपालमा अहिलेसम्म हेलिकोप्टर दुर्घटनामा ६५ जनाले ज्यान गुमाएका छन् । भूपरिवेष्टित भौगोलिक संरचनाका कारण अन्तरराष्ट्रिय पर्यटक, कामदार र स्वदेशभित्रको आवागमन सहज पार्न हवाई सेवा अत्यावश्यक बन्दै गएको छ । आइपुग्दा हवाई सेवा नेपालको अत्यावश्यक यातायात सेवाका रूपमा स्थापित भइसकेको छ । संख्यात्मक रूपमा स्वदेशीविदेशी हवाई सेवाप्रदायक कम्पनी बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ ।
यी हवाई दुर्घटनाको प्रकृति हेर्दा मुख्य कारण मानवीय कमजोरी रहेको देखिन्छ । यसमा सेवाप्रदायक निकाय गम्भीर हुनुपर्छ । पाइलटमाथि घरायसी, व्यावहारिक तथा कार्यालयबाट पर्ने विभिन्न खाले तनाव पनि दुर्घटनाको कारण हुन सक्छ । कतिपय अवस्थामा साथीभाइसँगको सम्बन्ध तथा कम्पनीले लिने निर्णयले पनि व्यक्तिको मानसिकतामा प्रभाव पार्छ । त्यसकारण यी विषयमा नियमित परामर्श, रायसुझाव लिँदै अघि बढ्दा पनि धेरै हदसम्म दुर्घटना कम हुन सक्छ ।






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया