मौसमी रुघाखोकीका बिरामी बढ्दै

समाधान संवाददाता २०७८ जेठ १२ गते ७:२५

रासस, हुम्ला

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो ।

गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्रै भेटिने गरेको शाहीले बताए ।

Advertisement

सोमबार मात्रै वडा दुई थालीमा ४० देखि ५० जनाको औषधि उपचार गरीएको उनले बताए । कोरोनाको आशङ्कामा उक्त गाउँमा सात जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको शाहीले जानकारी दिए ।

थाली गाउँमा देखिएको मौसमी रुघाखोकी नियन्त्रणका लागी स्वास्थ्यचौकीले माग गरेअनुसारको औषधि गाउँपालिकाबाट पठाएको स्वास्थ्य संयोजक बलिराज शाहीले बताए ।

Advertisement

फाइल तस्बिर

तपाईको प्रतिक्रिया