सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडकाे बजेट

समाधान संवाददाता २०७८ जेठ १५ गते १८:४३

सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड विनियोजन भएको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।  

Advertisement

यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । 

प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया