२ हजार जरिवाना तिरेर छुटे गणेश लामा

समाधान संवाददाता २०७८ जेठ २८ गते १५:४७

समाधान संवाददाता, पोखरा

बिहीबार पोखराबाट पक्राउ परेका गुण्डा नाइके गणेश लामा रिहा भएका छन् । २ हजार रुपैयाँ जरिवाना बुझाएर लामा रिहा भएका हुन् ।

लामालाई बिहीबार पोखराको क्याटवाक रिसोर्टबाट पक्राउ गरिएको थियो । उनी राजनीतिक चलखेलका लागि पोखरा आएको बुझिएको छ ।

Advertisement

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन गुण्डा नाइकेको छविबाट सांसद बनेका दीपक मनाङ सम्पर्कविहीन बन्नु र गणेश लामा पोखरामा पक्राउ पर्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया