पोखरामा नेपाली ब्रान्ड क्यालिवर जुत्ता सोरुम

समाधान संवाददाता २०७५ फागुन २२ गते ९:११

समाधान

नेपाली ब्रान्ड क्यालिवर जुत्ताको आधिकारिक सोरुम पोखरामा खुलेको छ । नेपाली युवा पुस्तामाझ लोकप्रिय क्यालिवर जुत्ताको आधिकारीक सोरुम आइतबारदेखि सञ्चालन भएको हो ।

पोखरा र यस क्षेत्रका उपभोक्ताको माग अनुसार सोरुम सञ्चालनमा ल्याएको क्यालिवर जुत्ताका ब्रान्च म्यानेजर विवेक पहारीले बताए । नेपालमा उत्पादन भएका क्यालिवर ब्रान्डका विभिन्न प्रकारका जुत्ता आम उपभोक्तालाई सहज ढंगले उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेशकै पहिलो सोरुम पोखरामा स्थापना गरिएको उनको भनाइ छ ।

Advertisement


नेपाली उत्पादनलाई अझ बढी र सहजै प्रयोगमा ल्याउनका लागि र पोखरा क्षेत्रमा माग बढी भएकाले आफूहरुले उक्त सोरुम स्थापना गरेको कम्पनीले जनाएको छ । सामान्यतया महिला पुरुष दुवैका लागि फर्मल, क्याजुअल, स्पोट्र्स, बुट लगायतका जुत्ता विभिन्न साइज र कलरमा उपलब्ध छन् ।


उच्चस्तरको लुक्स र डिजाइनसहित सुलभ मूल्यमा क्यालिवर जुत्ता सोरुममा उपलब्ध हुने पहारीले बताए । उद्घाटनको अवसरमा १ हप्तासम्म जुत्ता खरिदमा १० प्रतिशत दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया