सुजुकीको नयाँ स्कुटर पोखरामा

समाधान संवाददाता २०७८ साउन १८ गते १३:०४

समाधान संवाददाता

पोखरा-–सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता हिमालय अटो वल्र्ड पोखराले बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर बिक्री थालेको छ । आइतबार आयोजित समारोहमा पश्चिमाञ्चल अटो मोबाइल्स डिलर्स अध्यक्ष मोहनबाबु खड्काले नयाँ स्कुटर बिक्री सुरुआत गरे ।


सुजुकी विश्वकै अग्रणी बाइक निर्माता हो । पोखरा तथा आसपासका क्षेत्रमा हिमालय अटो वल्र्डले सेल्स, सर्भिस र स्पियर्स उपलब्ध गराउँदै आएको छ । कार्यक्रम हिमालय अटो वल्र्डका डाइरेक्टर सौरभ थापाको अध्यक्षतामा भएको थियो ।

Advertisement

सुजकी एक्सेस स्कुटर पोखरामा मध्यम वर्ग र व्यावसायिक प्रयोजनमा रुचाइएको थियो । एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट र अगाडिको भागमा स्टिलको कभर छ । हाल नेपाल भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्डजडित इन्जिन प्रयोग गरिएको छ ।


परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बिएस ६ प्रविधि जडान गरिएको छ भने एफआइ प्रविधिसमेत रहेकाले हुँदा उत्कृष्ट माइलेज आउने कम्पनीको दाबी छ । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुबै व्यवस्था छ । सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्टसमेत छ ।

Advertisement


यसको बजार मूल्य २ लाख ५९ हजार ९ सय छ । यो स्कुटर सेतो, नीलो, खैरो र कालो रंगमा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया