६ महिने शिशुको उपचारमै ११ लाख सकियो, पीडामा बाबुआमा

समाधान संवाददाता २०७५ फागुन २४ गते ९:५२

स्मीता अधिकारी

बधाई छ तपाईंलाई ! सुन्नासाथ रविन अधिकारी खुसी भए । शिक्षण अस्पताल महाराजगञ्जको प्रसूति वार्डमा उनकी श्रीमती थिइन् । कुर्दाकुर्दै नर्सले बधाइ र शुभकामना दिइन् । बच्चा हातमा थमाइदिइन् । बच्चाकी आमाको स्वास्थ्य सकुशल रहेको जनाउ पनि दिइन् उनले । जीवनमा पहिलोपटक बाहुपासमा आएको आफ्नै सन्तानको मुहार एकछिन् टोलाएर हेरिरहे उनले । एकैछिन् भएपनि जीवनका सारा दुख पीडा बिर्सीइएको असोज २६ गतेको दिन रविनका लागि साँच्चिकै सम्झनलायक थियो ।

कास्कीको मादी गाउँपालिका वडा नं ९ निवासी रविन अधिकारी र इन्दिरा बास्तोला अधिकारीको पहिलो प्रतीक अधिकारी जन्मिएपछि परिवारमा खुसियाली छुट्टै थियो । गर्भवती केस कम्पिलिकेटेड देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको सिफारिसमा सुत्केरी हुनकै लागि टिचिङ अस्पताल पुगेका उनीहरु त्यहाँ नर्मल डेलिभरी भएपछि दंग थिए ।

Advertisement

सुत्केरीलाई अस्पतालबाट केही घण्टामा डिस्चार्ज गरिने तयारी हुँदै थियो । उति नै बेला उक्त नाबालक बच्चाले पिसाब फेर्न धेरै दुख गरेको महसुस गरिन् आमा इन्दिराले । बच्चाको पिसाव थोपा आउँदै रोक्कीँदै गरकोे थियो, त्यही क्रममा बच्चा बेस्सरी चिच्च्याएर रुन्थ्यो पनि । केही बेरमा बच्चाको पेट पनि फुल्दै गयो । उनीहरुले नर्सलाई खबर गरे र डाक्टरले पुराना कागजपत्र हेर्दै थप चेकजाँच पनि गरे । डाक्टरको रिपोर्ट पर्खिरहेको इन्दिरा दम्पती र परिवारमा नयाँ सदस्य आगमनको खुसी साट्न भेला भएका आफन्तहरु डाक्टरको रिपोर्ट पर्खिरहेका थिए । केही बेरपछि खबर आइपुग्यो– शिशुलाई पिसाब सम्बन्धी रोग रहेछ ।

सुत्केरी र शिशु घरमै लगेर स्याहार गर्ने तयारी गरिरहेका रविन बच्चाको उपचारका लागि थप आधा महिना अस्पताल बसे । त्यति बेलासम्म बच्चाको नाभीमुन्तिर (किड्नी) दुबै साइडमा प्वाल बनाइएको थियो र पाइपबाट पिसाब निकालिएको थियो ।

Advertisement

बेलैमा खाने, बेलैमा सुत्ने, उठ्ने, खेल्ने हाँस्ने शालिन आनिबानी अनि गोरो वर्ण, बाटुलो टाउको, पुष्ट जिउडाल, फुर्तीलो हाउभाउ, चम्कीलो मुहार सहीतको लोभलाग्दो रुप रंगको बच्चा ! बच्चाको छाँट छन्दमा दिनानु दिन आएको परिवर्तन र क्रियाकलापले ती दम्पतीमा जति खुसी थपिएको छ, त्यति नै निराशा उसको उपचारको क्रममा दैनिक थपिएको ऋणको चाङले दिएको छ । बच्चालाइ पिसाब फेर्न सजिलो होस् भनेर किड्नीको पाइप नली रहने पेटको दुवैतिरमा अप्रेसन गरिएको छ । तर पिसाब भने त्यही अप्रेसन गरेका २ वटा घाउबाट नै विसर्जन हुने गरेको छ ।

औषधीको डोज पुगिन्जेल नर्मल अवस्थामा रहन्छन् उनी तर बेलाबेलामा अधिक ज्वरो र पिसाब आउने छटपटीले चापिहाल्छ अनि रविन दम्पतीले अस्पताल दगु¥याइहाल्छन् । रोग निको हुने पर्खाइमा हप्ता दिन बिराएर पोखरा काठमाडांै ओहोरदोहोर गर्छन् उनीहरु । डाक्टरले अब ठिक हुन्छ भनेर ३÷४ चोटि सम्म औषधी दिएर पठाएका थिए, तर केही दिनपछि फेरि बल्झिएकाले त्यति नै पटक इमर्जेन्सीमा जहाजमा काठमाडांै पुगेका छन् उनीहरु ।

डाक्टरले रिफर गरेको औषधीमा एन्टिबायटिक पनि हुने भएकाले दुखाइ कम भएको अनुमान दम्पतीको छ । कतिखेर के हुन्छ थाहै नहुने गरी कहिलेकाहीँ त निकै छट्पटिन्छ बच्चा, उत्तिनै खेर पेट फुलेर असहज देखिने गरी ठूलो हुन्छ । ६ महिनाको बच्चाको उपचारका लागि करिब ४ महिना त उनीहरुको अस्पतालकै बास भएको छ । बच्चाको रोग निको हुने छाँटछन्द छैन ।

शिक्षण अस्पताल महाराजगन्जमा बच्चाको उपचारमा सहभागी डाक्टरका अनुसार केही दिनअघि गरिएको सिस्टोस्कोपीबाट बच्चाको मृगौलामा पिसाब नै नपुगेको पत्ता लागेको छ । मृगौला र पिसाब नलीको कनेक्सनको सुरुवातमा समस्या देखिएको डाक्टरको रिपोर्टले जनाएको छ । यसअघि बच्चाको अण्डकोष लगायत नशाहरु परीक्षण गरिएको थियो । अब भने डाक्टरहरु मृगौलाकै मुख्य नशाको परीक्षण गर्ने योजनामा छन् । बच्चा सानै भएको र नशाहरु प्रष्ट नहुने हुँदा उक्त समस्याको उपचार गर्न अझै डेढ वर्ष लाग्ने डाक्टरले जनाएका छन् । बच्चाको उपचारमा शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. रामप्रसाद पोखरेल, डा. गेहराज दाहाल र डा. दिनेश कोइरालाको संयुक्त टिम सहभागी छ ।

रवीन दम्पती, सन्तान पाउँदाको आफ्नो खुसी सन्तानप्रति अनायसै सरेको मायाममता र भावना जीवनभर जोगाउन चहन्छन् । तर एकातिर ऋण कहाँबाट खोज्ने र कसरी तिर्ने भन्ने चिन्ता, अर्कोतिर रोग निको हुने नहुने टुंगो नहुँदा उनीहरुको मानसिक शान्ति दिनानुदिन हराउँदै गएको छ । उपचारकै लागि अहिलेसम्म ६ महिनाभित्रमा करिब ११ लाख रुपैयाँ खर्च भइसकेको छ । सम्पतीको नाउँमा ३ आना जग्गामा टिनको छानो हालेको २ कोठे घर छ । त्यही पनि बच्चाको उपचारका क्रममा थपिएको ऋृण तिर्नका लागि बेच्ने तयारीमा छन् उनीहरु ।

एसएलसीमात्र पढेका रविन भन्छन्, ‘ऋण तिर्न रोजगारी खोज्न हिँडूँ कि बिरामी बच्चाको हेरचाह गरुँ ? धेरैपटक रोजगारीका लागि प्रयास गर्दा पनि नभएपछि खेतीपातीमै लागेको उनले सुनाए । उनको परिवारमा आम्दानीको स्रोत भनेको सानोतिनो खेतीपाती र मेलापात, अर्मपर्मनै हो । ‘अब त त्यही पनि टुंगो भएन,’ बच्चाकी आमा इन्दिराले लामो सुस्केरा फाल्दै भनिन्, ‘गरिबको मर्म कस्ले बुझ्ला र ! सहयोग गर्न चाहनेहरुले मुक्तिनाथ विकास वैंकको खाता नं ०२४२१०००३१४८५७०००००१ मा गक्ष अनुसारको रकम जम्मा गरिदिन सबैलाई अपिलसमेत गरेका छन् उनीहरुले ।
‍‍‍‍…..
उनीहरुको सम्पर्क नम्बर ९८६९-३५५२४६

तपाईको प्रतिक्रिया