वतमान सरकार जनताकाे हितमा काम गर्न सकेन : ओली

समाधान संवाददाता २०७८ भदौ २२ गते १६:४६

समाधान संवाददाता
पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वतमान सरकार नेपाली जनताको हितको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

भारतले नेपाली आकशमा हेलिकम्टर उडाउँदा समेत सरकार चुइक्क बोल्न नसकेर लाचार बनेको आरोप लगाएका छन् । माधव नेपालले कहिले पनि जन्ताको पक्षमा राम्रो काम नगरेका जन्ताको पक्षमा कुरा नगरेको समेत उनले बताए ।


माधव नेपालले एमाले छोडेर गएपछि अब एमालेमा सहि ट्रयाकमा जाने उनको दाबी छ । अहिले सम्म माधव नेपाल एमाले सिध्याउन लागिपरेकाले एमाले थप मजबुद हुने र सधै जनतको हितमा काम गर्ने समते बताएका छन् । अब अन्ने पार्टीले एमाले प्रतिशपदा गर्न आगामी चुनावमा एमाले देशको ठूलो पार्टी हुने समेत उनले दाबी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया