‘पार्टी नीति र विधिले चल्छ’

समाधान संवाददाता २०७८ असोज २४ गते ९:१५

पोखरा ।
विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश संगठन कमिटीले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।


कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले )केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको बहुदलीय जनवाद (जबज)लाईश्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलार्ई अघि बढाउँदै कार्यक्रमका रुपमा पार्टीले ल्याएको बताए । उनले जबज कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त रहेकोलेत्यसले समाजवाद निर्माणका लागि आधार तय गर्ने उल्लेख गरे ।


नेता गुरुङले पार्टीले जबजलाई अहिले मार्गदर्शक सिद्धान्तका रुपमा अंगीकार गरेको जानकारी दिए । जबजले द्वन्द्वात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्बन गरेको उल्लेख गर्दै उनले जबजले जीवनको गतिसँगै परिवर्तनलाई आत्मसात गरेको स्पष्ट पारे । ‘नेपाली समाज समाजवाद उम्मुख दिशामा अगाडि बढेको छ,’उनले भने, ‘समाजवादमा पुग्न राष्ट्रिय पुँजीको विकास गर्न पार्टी प्रतिबद्ध भएर लागेको छ ।’ नेता गुरुङले नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने अधिकारसहितको अवस्था सिर्जना गर्नु नै समाजवाद उन्मुख अवस्था भएको बताए ।

Advertisement


उनले नेकपा (एमाले)को सरकारले नागरिकका आधारभूत अधिकारका रुपमा रहेको गास, बास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे ।उनले प्रथम विधान महाधिवेशन पार्टी नीति र विधिमा चलाउनको लागि कोशेढुंगा सावित भएको बताए । नेता गुरुङले पार्टी मजदुर किसान लगायत आम श्रमजीवी जनताको पक्षमा एमालेले काम गर्ने बताए ।


कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य, गण्डकी प्रदेश कमिटीका सचिवतथा पूर्व मन्त्री जगत विश्वकर्मा, जिल्ला कमिटी कास्की अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापा, जिल्ला कमिटी कास्कीक सचिव दामोदर बैरागी, जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्षमिना गुरुङ, नेकपा (एमाले) जिल्ला कमिटी कास्की सचिवालय सदस्य दीपक पौडेल, जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्री, उपाध्यक्ष नन्दलाल अधिकारी, सचिव लीलाबहादुर कार्की लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया