ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठको मृत्यु
समाधान संवाददाता
२०७५ फागुन ३० गते १०:२०

घाइतेलाई साओ पाउलोस्थित अस्पतालमा लैजादै स्थानीय प्रहरी । तस्बिरः जेम्स डटकम
साओ पाउलो, रासस-एएफपी
ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ ।
ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन् तर यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा आठ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् ।
सम्बन्धित






गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया