मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

पोखरा
मुद्दा मिलाई दिन्छु भनी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काभ्रे खानीखोला गाउँपालिका वडा नम्बर १ घर भई पोखरा ५ बस्ने वर्ष २९ का चन्द्रबहादुर बल र गोरखा सहिद लखन गाउँपालिका १ स्थायी घर भई पोखरा २६ अर्घौंचोक बस्ने वर्ष ३१ का जीवन गुरुङ पक्राउ परेका हुन् ।
उनीहरुले गत असोज १९ गते लामाचौरको जुवा खालबाट पक्राउ परेकाहरुलाई छुटाइदिन्छु भन्दै ५ लाख रुपैयाँ मागेको कास्की प्रहरीले जनाएको छ ।
रकम माग गरेर ठगी गर्न खोजेको भन्ने जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
उनका अनुसार जुवा तथा सट्टेबाजी मुद्दामा अनुसन्धानमा रहेका प्रतिवादीहरुलाई उनीहरुले प्रहरी, वकिल र अदालतमा आफूहरुले चिनेका व्यक्तिहरु भएकाले मुद्धा मिलाइदिने भन्दै पाँच लाख माग गरेका थिए । पक्राउ परेका दुवैलाई ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले बताए ।
तपाईको प्रतिक्रिया