उपभोक्ताहितमा सरकार छैन

समाधान संवाददाता
मे १५ अर्थात् उपभोक्ता दिवस । शुक्रबार दिवस मनाउनका लागि सरकारले प्राथमिकता नदिएको व्यापक गुनासो । शुक्रबार पोखरा महानगरपालिकाले उपझोक्ता दिवसका अवसरमा आयोजना गरेको अन्तक्र्रियाका सहभागीले सरकारले उपभोक्ता समस्याप्रति गम्भीर नभएको आरोप लगाएका हुन् ।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपीलनाथ कोइरालाले सरकारले वास्ता नगरेका कारण उपभोक्ता मर्काका परेको गुनासो गरे । उनले हरेक निकायबाट उपभोक्ता दिवस मनाउन निर्देशन आएको बताउँदै त्यस अनुरुप सरकारले ध्यान दिनै नसकेको बताए । उपभोक्ता मञ्चका सचिव मिलन तिवारीले सरकारले गर्नुपर्ने काम पनि नगरेकामा गुनासो गरे । उनले सरकारले उपभोक्ता मञ्चको दवावमा मात्र दिवस मनाउनु परेको दुखेसो पोखे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा महानगरले अनुगमनमा अधिकारी नभएको भन्दै तर्किने गरेको बताए । श्रेष्ठले उपभोक्ता दिवसलाई महानगरले प्राथमिकतामा नराखेको अरोप लगाए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख चक्रबहादुर बुढाले नयाँ नियममा जिल्ला प्रशासनलाई कुनै अधिकार नभएको उल्लेख गरे । उनले प्रदेश सरकार र स्थानीय तहले यसबारे ध्यान दिए समस्या समाधान हुने धारणा राखे । सहरका उपभोक्ताले पैसा तिरेर दीर्घरोग पाल्न बाध्य भएको जानकारी दिँदै प्रजिअ बुढाले नियमित अनुगमन, दण्ड र पुरस्कारको व्यवस्था भए समस्या नआउने बताए । कार्यक्रममा गुणस्तर नापतौल विभागका सन्तोष शर्मा, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोख्रेल, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङ लगायतले बोलेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया