पर्यटन
पोखरा—जोमसोम एकैदिन पन्ध्र उडान

जोमसोम—
कोरोना कहरले थलिएको मुस्ताङको पर्यटनक्षेत्रले विस्तारै गति लिन थालेको छ ।कोरोना भाईरस न्यूनिकरण हुँदै गईरहेको र हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसंगै मुस्ताङमा पर्यटक आगमन वृद्धि हुन थालेको हो ।
कोरोनाले ठप्प भएको पोखरा—जोमसोम हवाई सेवा गत फागुन १७ गतेदेखि सञ्चालनमा आएको थियो ।सुरुआती चरणमा एकाध उडान मात्रै भर्दै आईरहेका निजी एअरलाईन्स कम्पनीले पर्यटक ओसार्न भ्याई÷नभ्याई भएको छ ।पोखरा—जोमसोम नियमित हवाई उडानसंगै शनिबार १५ वटा उडान भएको जोमसोम स्थित तारा एअरलाईन्सका जोमसोम स्थित प्रतिनिधि सुजन लालचनले जानकारी दिए । उनका अनुसार शनिबार तारा एअरले ५ उडान र सुमित एअरको दुई वटा जहाजले १० वटा उडान गरेको हो ।
यस्तै,शुक्रबार मात्रै ताराले ५ उडान र सुमित एअरले ४ उडान भरेकोमा एकैदिन ६ उडान वृद्धि भएको उनले जानकारी दिए । आईतबार हवाई सेवा मार्फत भारतीय तथा तेश्रो मुलुकका गरी करिव ३ सय बढी विदेशी पर्यटक मुस्ताङ भित्रिएको तारा एअरका मुस्ताङ प्रतिनिधि लालचनको भनाई छ । उनले कोरोना प्रभाव साम्य हुँदै गईरहेकाले पोखरा—जोमसोम उडान थप वृद्धि हुनसक्ने अनुमान गरे ।






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया