पोखराका सुपकको ‘गड्यो प्यार दिलमा’ सार्वजनीक
समाधान संवाददाता
२०७८ चैत २० गते १४:२५

पोखरा ।
अष्ट्रेलिया बस्ने पोखराका सुपक अधिकारीको ञगड्यो प्यार दिलमाझ बोलको गजल गीत सार्वजनिक भएको छ । उनले आफ्नै युट्युब च्यानल निर्वाण प्लसबाट गीत सार्वजनिक गरेका हुन् ।
प्रेमसम्बन्धी प्रसङ्ग समेटिएको गीतमा अधिकारीको शब्द छ भने थानेश्वर गौतमले संगीत र स्वर दिएका छन् ।
भिडियोमा प्रियाना आचार्य र प्रिन्सेस विश्वकर्माको मुख्य अभिनय छ । गीतलाई नरेन्द्र बियोगीले एरेन्ज गरेका हुन् । एक दशकदेखि पढाई र कामको क्रममा अष्ट्रेलिया रहेका अधिकारीको यो पहिलो प्रस्तुति हो । ‘धेरै गीत र गजलहरु डायरीमा छन् तर पहिलोपटक गीत स्रोता माझ ल्याउन पाउँदा खुसी छु,’ उनले भने ।
अर्को गीत पनि सार्वजनिक गर्ने तयारी गरिरहेका अधिकारीले बताए ।
सम्बन्धित







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया