रंग

समाधान संवाददाता २०७८ चैत ३० गते १६:३७

रातो, सेतो, निलो, कालो, हरियो, पहेलो
सप्तरंगी अनि रंगीबिरंगी यो रंग
उत्सव झै लिएर आउछ अनेक अनेक नौलो तरंग

फागुमा खुसीयाली भिर पाखामा हरियाली
धर्ती स्वर्ग झै सिगारी नारीलाई सुकुमारी
अप्सरालाई पछी पारी
दिने यो रंग

सजिएकी पहाड लाएर रातो गुराँसको लाली
कति राम्रो गोरेटोमा पहेलै फुलेका तोरी बारी
हेर पोतिए छ निलो आकाशै भरी
पोखिए झै मसी सागरको पानी
देखिने यो रंग

Advertisement

सेतो हिमाल शिरानको टल्किए झै चाँदी
कालो अक्षर किताबको कमिलाका ताँती
फ़िक्कालाई ठिक्क रंगीन कोरा कागजमा चित्र
के जादु छ कुन्नी यो रंग कस्तो विचित्र
के जादु छ कुन्नी यो रंग कस्तो विचित्र

रातो, सेतो, निलो, कालो, हरियो, पहेलो
सप्तरंगी अनि रंगीबिरंगी यो रंग
बसन्त झै लिएर आउछ अनेक अनेक नौलो उमंग

Advertisement

अमृत विश्वकर्मा
२०७८.१२.१९

तपाईको प्रतिक्रिया