ज्येष्ठ नागरिक, एकल महिला र अपांगताभएकालाई बागलुङदेखि पोखरासम्म निशुल्क बस सेवा

ताराप्रसाद शर्मा
बागलुङ
बागलुङको ढोरपाटन नगरपालिकाका ७० वर्ष पार गरेका ज्येष्ठ नागरिक, अपांगता भएका, विधवा, एकल महिला र जटिलखालका विरामीलाई पोखरासम्म बस सुविधा भएको छ । उनीहरुले निशुल्क यातायात सुविधा पाउने भएका हुन् ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले नगरस्तरका ज्येष्ठ नागरिक, अपांगता भएका र जटिलखालका विरामीका लागि जिल्ला सदरमुकाम बागलुङदेखि प्रदेश राजधानी पोखरासम्म आफ्नो व्यक्तिगत खर्चमा निशुल्क यातयात सेवा प्रदान गर्ने घोषणा गरेका हुन् ।
नगर प्रमुख नेपालीले नगरस्तरमा बसोबास गर्ने गरिव, दलित, विपन्न, पिछडिएका, असहाय, अपांगता भएका नागरिकका सेवाका लागि आफूले निशुल्क यातायात सेवा सञ्चालन गरेको बताए । उनले प्रदान गरिने सेवा निरन्तर सञ्चालन गरिरहने प्रतिबद्धतासमेत जनाए । स्थानीय तहको निर्वाचनका समयमा जनतासँग गरेको प्रतिवद्धता पूरा गर्न नगर प्रमुख नेपालीले सुविधाको पहल गरेका हुन् ।
बुर्तिबाङमा रहेका जुनसुकै यातायात समितिबाट लक्षित नागरिकले सेवा लिन सक्ने भन्दै नेपालीले सेवा लिनका लागि आफ्नो परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि लिएर यातायात समितिमा सम्पर्क राख्न आग्रह गरे । सुरुमा आफ्नो परिचय खुल्ने कागजातको माध्यमबाट सेवा दिने र आगामी दिनमा परिचय पत्रको व्यवस्था गरिने नेपालीले जनाए । लक्षित नागरिक छनौट र उनीहरुको सेवाका लागि बुर्तिबाङका यातायात समितिलाई नगर प्रमुख नेपालीले जिम्मेवारी दिएको र सेवा लिए बापतको रकम आफूले मासिक भुक्तानी गर्नेसमेत प्रतिवद्धता जनाए ।
नगर प्रमुख नेपालीद्वारा सञ्चालित निशुल्क वस सेवालाई व्यवस्थित र मर्यादित बनाउन ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्यीय कार्यविधि निर्माण समिति गठन गरिएको छ ।
नगरप्रमुख नेपालीले निर्वाचनको प्रचारका क्रममा नगर प्रमुखमा विजय भएमा बागलुङ सदरमुकाम हुँदै प्रदेश सदरमुकाम पोखरासम्म निजी खर्चमा निशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया