मुस्ताङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना,आजै पहिलो सर्वदलीय बैठक

समाधान संवाददाता २०७९ वैशाख ८ गते २०:३७
हिमाली जिल्ला मुस्ताङका ५ वटै तहमा निर्वाचन कार्यालय स्थापना ।

जोमसोम—

आसन्न बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचन २०७९ का लागि हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा बिहिबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकामा एकैसाथ मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका स्थित जिल्ला समन्वय समितिको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत मुस्ताङका माननीय न्यायधिस रोमाकान्त ज्ञवालीले उद्घाटन गरे ।थासाङ गाउँपालिकामा निर्वाचन अधिकृत मुकुन्द आचार्य,वारागुङ मुक्तिक्षेत्रमा निर्वाचन अधिकृत सारदादेवी पौडेल,लोघेकर दामोदरकुण्डमा निर्वाचन अधिकृत नेपालहरी रानाभाट र लोमान्थाङ गाउँपालिकामा निर्वाचन अधिकृत घनश्याम सुवेदीले कार्यालय स्थापना गरेका हुन्। स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको कार्यक्रममा संम्वन्धित स्थानीय तहका राजनितिक पार्टी प्रतिनिधि ,जनप्रतिनिधि,सुरक्षाकर्मी र सरोकारवाला निकायको उपस्थिती रह्यो । कार्यालय स्थापना भएसंगै, निर्वाचन गतिििवधि बारे राजनितिक दललाई समन्वय तथा परामर्श लिन सहयोग पुग्ने जनाईएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित मुख्य निर्वाचन कार्यालय स्थापना कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि,प्रशासन,सुरक्षा निकाय ,नागरिक समाज र पत्रकार लगायतको उपस्थित रहेको छ । कार्यालय स्थापनाको अवसरमा आसन्न स्थानीय तह निर्वाचनलाई सोतन्त्र,निश्पक्ष,शान्तिपूर्ण र धाँदली रहित वातावरणमा सम्पन्न गर्ने मुख्य ४ एजेण्डामा केन्द्रित रही प्रारम्भिक छलफल गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालय स्थापनाको पहिलोदिन कार्यालय स्थापना स्थापना संगसंगै आसन्न स्थानीय तह निर्वाचन कार्यक्रम बारे जानकारी,निर्वाचन आचार सहिंताको पालना र निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सर्वदलीय बैठक गरिएको मुख्य निर्वाचन अधिकृृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।कार्यक्रममा विगतका स्थानीय तह निर्वाचन र संघ प्रदेशको निर्वाचनमा भए गरेका गतिविधिलाई न्यूनिकरण गर्न निर्वाचनमा खटिने कर्मचारी,सुरक्षा निकाय र राजनितिक दल सचेत रुहनुपर्ने सुझाव पेश गरिएको थियो ।कार्यालय स्थापनाको अवसरमा जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण,जिश्पक्ष,पारदर्र्शी र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन लक्षित सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीले निर्वाचन सुरक्षाका लागि आवश्यक सयन्त्र तयार भएको बताए । उनले जिल्लाका ३८ मतदान केन्द्रमा ३÷३ जना प्रहरी कमाण्ड खटाईने छ भने त्यसका साथमा ५ देखि ६ जनाको संख्यामा म्यादी प्रहरी परिचालन हुने बताए ।उनका अनुसार म्यादी प्रहरी र नेपाल प्रहरी गरी प्रत्येक पालिकामा २÷२ वटा मोवाईल टिम खटाईने छ । यसका साथ निर्वाचन कार्यक्रम अघि र निर्वाचन कार्यक्रम सम्पन्न नभईन्जेलसम्म प्रहरी कमाण्ड सेन्टर परिचालन हुँने प्रहरी निरीक्षक दानीले उल्लेख गरे ।कमाण्ड सेन्टरले आवश्यक र औचित्यताका आधारमा सुरक्षा निकाय मुभ गर्ने उनको भनाई छ ।यस्तै,सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षालाई केन्द्रित गरी सुरक्षाकर्मी परिचालन गर्ने सशस्त्र प्रहरी प्रमुख मोहनजंग कार्कीले कार्यक्रममा जानकारी दिए । उनका अनुसार ५ वटै पालिकामा निर्वाचन अधिकृतलाई सुरक्षागार्ड (पिएसओ ) खटाईएको छ भने ५ वटै तहमा ३÷३ वटा मोवाईल टिममा ३ जना सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने बताए ।प्रत्येक पालिकामा प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्रले सुरक्षा दिने उनको भनाई छ । मुस्ताङको ५ स्थानीय तहमा १० हजार ४ सय ८५ जना मतदाता छन् ।


Advertisement

तपाईको प्रतिक्रिया