मुस्ताङमा १३५ पदमा २२६ जनाको उम्मेदवारी

सुन्दरकुमार थकाली २०७९ वैशाख १३ गते १३:५४

जोमसोम—

हिमाली जिल्ला मुस्ताङमा ५ स्थानीय तह निर्वाचनका लागि अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षसहित कुल १३५ पदमा कुल २२६ जनाको उम्मेदवारी परेको छ ।निर्वाचन आयोगले तोकेको आईतबार र सोमबारको समयअवधिमा पहिलोदिन २३ जना र दोश्रोदिन १०३ जनाको मनोनयपत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि जिल्लाको लोमान्थाङ गाउँपालिकामा ४६ जना,लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३० जना,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ५४ जना ,घरपझोङ गाउँपालिकामा ४१ जना र थासाङ गाउँपालिकामा ५६ जनाको उम्मेदवारी दर्ता भएको हो ।लोमान्थाङमा अध्यक्ष र उपाध्यक्षसहित कांग्रेस र एमालेले समान २३—२३ पदमा उम्मेदवारी मनोनयपत्र दर्ता गरेका हुन् ।

Advertisement

लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कांग्रेसले ९ , एमालेले २० र एकिृकृत समाजवादी १ पदमा उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ ।लोघेकरमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा उम्मेदवारी दिएको छ भने एकिकृत समाजवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ५४ जनाको उम्मेदवारी मनोनयपत्र दर्ता भएको छ ।वारागुङ मुक्तिक्षेत्रमा कांग्रेस र एमालेले अध्यक्ष र उपाध्यक्षसहित पुरै सेटमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् ।

सदरमुकाम घरपझोङ गाउँपालिकामा कुल ४१ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।घरपझोङमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित १८ जना,एमालेले अध्यक्ष र उपाध्यक्षसहित १७ जना,राप्रपाले उपाध्यक्षसहित ४,माओवादी केन्द्र र एकिकृत समाजवादी १—१ जना सदस्य पदमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेको सहायक निर्वाचन अधिकृत गौरीनाथ आचार्यले जानकारी दिए ।उनका अनुसार घरपझोङको १,२ र ५ वडामा एकल उम्मेदवारी परेकोले निर्विरोध भएको हो ।

Advertisement

यस्तै,मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा कुल ५५ जनाको मनोनयपत्र दर्ता भएको निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए । थासाङमा एमालेले २७ र कांग्रेसले २६ पदमा मनोनयपत्र दर्ता गरेका छन् । थासाङमा माओवादी केन्द्रले एक वडासदस्य र राप्रपाले १ वडाध्यक्षमा मनोनयपत्र दर्ता गराएको निर्वाचन अधिकृत अचार्यले बताए ।

मुस्ताङमा ५ दलीय गठबन्धन अनुसार जिल्ला तहमा मतभारको आाधरमा कार्यगत रुपमा मिलेर निर्वाचनमा भाग लिने जनाईएको थियो । जसअनुसार जिल्लाको ५ स्थानीय तहमा एकिकृत समाजवादीले १ अध्यक्ष र १ सदस्य र माओवादी केन्द्रले २ वडासदस्य आफ्नो भागमा पारेको थियो । मुस्ताङका ५ तह अन्तर्गत सबैभन्दा बढी थासाङमा र सबैभन्दा कम उम्मेदवारी मनोनयन लोघेरक दामोदरकुण्ड गाउँपालिकामा परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुस्ताङमा १३५ पदमध्ये २४ पद निर्विरोध ः
हिमाली जिल्ला मुस्ताङमा अध्यक्ष र उपाध्यक्षसहित कुल १३५ पद संख्या मध्ये २४ पद निर्विरोध भएको छ ।लोघकर दामोदरकुण्ड र घरपझोङमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।अन्य स्थानमा तहमा भने एमाले कांगे्रस ,राप्रपा र समाजवादीबीच कडा प्रतिपस्र्धा हुँने भएको छ ।लोघेकरमा एमालेले वडाध्यक्षसहित १३ सदस्य र कांग्रेसले २ वडासदस्य निर्विरोध भएका छन् । घरपझोङमा एमाललेबाट १ वडाध्यक्षसहित ५ जना ,कांग्रेसका २ वडाध्यक्षसहित ५ जना,राप्रपाका २ जना ,माओवादी र एकिकृत समाजवादीका समान १—१ जना सदस्य निर्विरोध भएका छन् ।
पार्टीगत भन्दा गाउँ हावी हुँदा निर्विरोध ः
मुस्ताङको फरक भूगोल ,यहाको मिलेको समाज,मुखियाप्रथा, गाउबीचको आपसी सौहार्दता आदीका कारण लोघेकर र घरपझोङका ६ वटा वडामा उम्मेदवारी दिने ब्यक्ति निविरोध भएको हुन् ।राजनितिकले समाज र गाउलाई पछिसम्म फाटो ल्याउने र आपसको सम्वन्ध बिग्रिने भएकाले जिल्ला तहको निर्देशनलाई पन्छेयाएर गाउबीचनै पदीय भागबण्डा गरी पद बाडफाड गरेका हुन् । मिलेर जादानै गाउको भलो हुने सम्वन्ध पनि यथावत रहने भएकाले यस्तो निर्णय भएको ठिनीको युवा निरज थकालीले जानकारी दिए ।
मुस्ताङका ५ वटै तहमा सोतन्त्र उम्मेदवारी परेन ः
आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कुनै पनि ब्यक्तिले सोतन्त्र उम्मेदवारी दर्ता नगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।मनोनयनपत्र दर्ता गर्ने अवधि भित्र यहा सोतन्त्र उम्मेदवारी नपरेपछि नेपाली कांगे्रस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।संघीयतापछि पहिलो स्थानीय तह निर्वाचनमा हिमाली जिल्ला मुस्ताङमा ३३ जनाले सोतन्त्र उम्मेदवारी स्वरुप मनोनयनपत्र दर्ता गरेका थिए । स्थानीय तह निर्वाचन २०७४ मा लोमान्थाङ गाउपालिकामा अध्यक्ष पदमा सोतन्त्र ,लोघेकर दामोदरकुण्ड गाउपालिकामा सोतन्त्रबाट अध्यक्ष पदसहित ५ जना ,वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा सोतन्त्र वडासदस्य १ जना ,घरपझोङ गाउपालिकामा अध्यक्ष १ र उपाध्यक्ष १ सोतन्त्रसहित ९ जना र थासाङ गाउपालिकामा उपाध्यक्ष १ जनासहित १७ जनाले उम्मेदवारी दिई निर्वाचन प्रतिस्पर्धा भएको थियो ।यसपटक भने मुस्ताङमा सोतन्त्र उम्मेदवारी नभई पार्टीगत प्रतिस्पर्धा हुन लागेको हो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया