ढुक्क भएर लगानी गर्नुहाेस्: प्रम ओली

समाधान संवाददाता २०७५ चैत १५ गते १२:३३

एजेन्सी

सरकारले आयोजना गरेको लगानी सम्मेलन काठमाडौँमा शुरु भएको छ । लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण रहेको भन्दै लगानी गर्न विदेशी लगानीकर्तालाइ आह्वान गरेका छन् । उनले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड रहेको र कुनै पनि कानूनी झमेला नरहेको स्पष्ट पारेका छन् ।

त्यस्तै सम्मेलनका संयोजक समेत रहेका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले लगानी अनुकुल वातावरण बनेकाले निधक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गरेका छन् ।

Advertisement

मन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको पनि अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको मुलुक भएकाले निधक्र्कका साथ लगानी गर्न आग्रह गरे । सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको स्पष्ट पारे ।

Advertisement

तपाईको प्रतिक्रिया